lunes, 25 de enero de 2016

वरदान पाई कृष्णकै हातबाट एकलव्यको मृत्यु

 630 
  14  645
महाभारतको कथामा एकलव्यको प्रसंग निकै रोचक छ। एकलव्यसंग जोडिएको कथा मध्ये, धनुष चलाउने हातको बुढीऔला गुरु दक्षिणाको नाममा द्रोणाचार्यलाई समर्पित गरेको कथाको प्रसंग सबैभन्दा चर्चित छ।
दोर्णाचार्यले अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने प्रण गरेका थिए। अर्जुन सहित दरबारका अन्य बालकहरुलाई शिक्षा दिइरहेका दोर्णाचार्यले वनमा उनको मुर्ति स्थापना गरेर धनुष चलाइरहेका एकलव्य देख्छन्। निजिकै पुग्दा एकलव्यले गुरु भनी प्रणाम गर्छन। द्रोणाचार्यले शिक्षा नै नदिइ गुरु कसरी भएँ भनी प्रश्न गर्छन्।ekalavya arjun
लुकेर पाण्डवलाई दिएको शिक्षा आफुले पनि अनुशरण गरेको, मुर्ति बनाइ गुरु स्थापना गरेको र धनुषविद्या सोही मुर्तिलाई पुज्दै सिकेको एकलव्यले बताएपनि द्रोणाचार्य केही चिन्तित बन्छन्। अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने उनको प्रणको अगाडी एकलव्यको धनुषकलाले चुनौती दिदै थियो। यदि आफुबाट कुनै शिक्षा लिएको हो भने सो शिक्षा ‘गुरु दक्षिणा’ बिना पुरा हुदैन भन्दै द्रोणचार्यले एकलव्यसंग गुरु दक्षिणा मागे। ekalavya
एलकव्यले आफ्नो बुताले दिनसक्ने दिन्छु भनेपछि द्रोणचार्यले धनुष हान्न प्रयोग गर्ने दाहिते हातको बुढी औला गुरु दक्षिणाको नाममा मागे। बुढी औला नभएपछि एकलव्यको धनुषकला पहिले झै हुन्नथ्यो जसबाट अर्जुनको एक दमदार प्रतिस्पर्धी कम भई दोर्णाचार्य आफ्नो प्रण पुरा गर्न सक्थे। अर्जुनलाई ठुलो धनुषधारी बनाउने आफ्नै प्रणको बचाउ गर्न दोर्णचार्यले एकलव्यको दाहित हातको बुढी औला काटे।Dronacharya ekalavya
एकलव्यको मृत्युको घटना पनि रोचक छ। एकलव्यको मृत्यु कृष्णको हातबाट भएको थियो।
अर्जुनसंग धनुषविद्याम टक्कर दिन सक्ने एकलव्यको गुरु भक्ति आफ्नै बुढी औला काटेको घटनाले नै पुष्टी गर्छ। वासुदेवका भाइ देवश्रभाको छोरा थिए एकलव्य। यसरी नातामा कृष्णको भाइ पर्ने एकलव्यको जीवनको उद्धेश्य एउटै थियो, अर्जुन भन्दा शक्तिशाली धनुषधारी बन्ने। निकै घमण्डी बनिसकेका एकलव्य पाडण्व अनि यादव कुलको लागि भविष्यमा ठुलो बाधाक शक्ति बन्नेवाला थिए। हस्तिनापुरको भविष्यमा आफ्नो शक्तिले निकै प्रभाव पार्न सक्ने गरि एकलव्यको धनुष विधा निखारिदै थियो।lord krishna
एकलव्य जरासन्धका ठुलो समर्थक थिए। यता जरासन्ध कृष्णको पुर्खौली दुश्मन मानिन्थे। जसका कारण एकलव्य भाइ हुँदाहँदै पनि कृष्णका दुश्मन बन्न पुगे।
एकलव्यले कृष्णलाई भेटेर युद्धको चुनौती दिए। चुनौती स्वीकार गरेर दुवै एक आपसमा युद्ध गर्दा कृष्णको जित भयो, घमण्ड संगै एकलव्य कृष्णको हातबाट मारिए।
कृष्णले एकलव्यलाई दिएको बरदान
द्रोर्ण-पर्वको दिन कृष्णले जरासन्ध, शिशुपाल र एकलव्य जस्ता व्यक्तिहरु कौरवतर्फ लागेर धर्म र विधिलाई विगार्ने र ती व्यक्तिहरुको मृत्यु रोक्न नहुने बताएका थिए। साथै कृष्णले एकलव्यलाइ मृत्युको समयमा वरदान दिएको विश्वास गरिन्छ। यो भनिन्छ कि तीनै एकलव्य धृष्टद्युम्न भइ जन्मेर दोर्णचार्यलाई मारेका थिए।
यो पनि पढ्नुहोस्।

बेद र धर्म ग्रन्थमा यौन सम्बन्धबारे के भनिएको छ ?

 4726 
  50  4777
जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने वर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् ।
यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन्थहरुमा यौन सम्बन्धबारे गरिएका कुरा धेरैलाई थाहा नहुन सक्छ ।
हिन्दुहरुको चर्चित हिन्दु धर्मग्रन्थ महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको उल्लेख छ ।
Sex on veda 3त्यसैगरी महाभारतमै खुलेआम यौन सम्बन्धको चर्चा छ । यसमा उत्तमाका छोरा दीर्घतमाले मानिसहरुको अगाडी एक स्त्रीसँग यौन सम्बन्ध राखेको चर्चा गरिएको छ ।
Sex on veda 4
अर्को एक धर्मग्रन्थमा महाराजा रञ्जीत सिंहको बारेमा चर्चा गर्दै भनिएको छ कि उनलाई अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न मन पर्थ्यो ।
Sex on veda 5
बैदिक कालमा मानिसहरु ‘घटकंचुकी’ नामको खेल खेल्थे । यो खेलमा संभ्रान्त पुरुष र महिलाबीच सार्वजनिक यौन क्रिडा हुन्थ्यो । सामूहिक यौन क्रिडा गरेर अरुलाई आनन्द दिने यो खेलमा हरेक पुरुषले हरेक महिलासँग यौन सम्बन्ध राखेपछि मात्र समाप्त हुने नियम हुन्थ्यो ।
Sex on veda 6
ऋषि बसिष्ठकी छोरी शतरुपमाले आफ्ना पितालाई नै पति मानेर यौन सम्बन्ध राख्न तयार भएको समेत धर्मग्रन्थमा उल्लेख छ । बसिष्ठले पनि छोरीसँग यौन सम्बन्ध राख्थे ।
Sex on veda 2
धर्म शास्त्रका अनुसार नारदको जन्म दक्षले आफ्नी छोरी आफ्ना पिता अर्थात छोरीका हजुरबुबालाई कन्यादान गरेपछि भएको थियो । उनी हजुरबुबा र नातिनीको सम्बन्धका उपज थिए ।
Sex on veda 7
महाभारतमा कुनै पनि अविवाहित स्त्रीले यौन सम्बन्ध राख्ने इच्छा देखाएमा पुरुषले यौन सम्बन्ध राख्नु जायज हुने उल्लेख छ । स्त्रीको रहर पुरा गर्दा धर्म रक्षा हुने मानिएको छ ।
Sex on veda
महाभारतमा लेखिएको छ कि अर्जुनसँग कुरा गर्दै उलुपीले कुनै पनि स्त्रीको यौन इच्छदा पुरा गर्नका लागि उसँग रात विताउन धर्म विपरित नहुने भनेको प्रसंग छ ।
Sex on veda 9
ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीकोबीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । जव यमले बहिनीको इच्छा पुरा गर्न अनिच्छा देखाउँछन् त्यतिबेला यमीले आफ्नी बहिनीको इच्छा पुरा गर्न नसक्ने भाइको कुनै उपादेयता नरहेको भनेकी छिन् । यो चर्चा ऋग्वेदको मंडल १०, सूक्त १०, स्तोत्र १ देखि १४ सम्म छ ।
Sex on veda 8
महाभारतमा भनिएको छ कि जव अंगदेशमा कर्णको राज थियो त्यतिबेला महिला र बच्चाहरु यौन सम्बन्ध राख्नका लागि बेचिने गरेको उल्लेख गरिएको छ ।
Sex on veda 1
यी सन्दर्भहरु विभिन्न श्रोतबाट लिइएको हो ।

रहस्यले भरिएको ओशोको जीवनको रोचक कुरा

 499 
  4  503
विश्वका आध्यात्मिक गुरुहरु मध्येका एक आचार्य रजनीश ‘ओशो’ ११ डिसेम्बरमा जन्मेका थिए। रहस्यले भरिएको छ ओशोको जीवन। आफुलाई धनीहरुको गुरु बताउने ओशोको कयौं विचार विवादले भरिएको छ। भारतको भोपाल प्रान्तमा जन्मेका थिए ओशो। जन्मेको तीन दिनसम्म उनी न त हाँसे न त रोए नै। तीन दिनसम्म आफ्नो बच्चाले कुनै आवाज ननिकाल्दा परिवारमा निकै चिन्ता बढेको थियो।कहानी छ की ओशो पूर्वजन्ममा बुद्धत्व प्राप्तीको लागि ध्यानमा थिए, निकै नजिक थिए सोही बखत उनको हत्या भयो। सयौं वर्ष पछि उनको पुर्नजन्म भयो तर आफ्नो ध्यान कायम राख्दै ३ दिनसम्म उनी बोलेनन। आफ्ना विचार र ध्यान पद्धतिले विश्वको नजर खिच्न सफल यी आध्यात्मिक गुरुको केही रोचक कुरा जानौं।
rajneesh osho images (4)
१२ वर्षको उमेरमा राती मसानघाट जान्थे
मानिस मरेपछि कहाँ जान्छ? यहि कौतुहलता मेटाउन ओशो १२ वर्षको उमेर छदाँ मसानघाट जाने गर्थे।
१४ वर्षको उमेरमा सात दिनसम्म मृत्युको पर्खाइ
ज्योतिषिले २१ वर्षको उमेरसम्म हरेक सात वर्षमा ओशोको मृत्युको योग छ भनि बताएका थिए। १४ वर्षको उमेर हुँदा ओशोले सात दिनसम्म एक मन्दिरमा सुतेर मृत्युको प्रतिक्षा गरेका थिए।
संन्यासी बन्नेपश्चात पिताले खुट्टा समातेर रोए
ओशोले आफ्नै पितालाइ सन्यासी बन्न प्रेरित गरेका थिए। सन्यास लिए पश्चात ओशोका पिताले उनको पाउ छोएर रोएका थिए। उनीसंग १४०० एकड खेतीयोग्य जमिन थियो।
साथीलाइ पानीमा डुबाउन खोज्थे
rajneesh osho images (3)
ओशोलाई नदीको किनारा निकै प्यारो थियो। उठ्नासाथ नदि पुग्थे, स्नान गर्थे अनि घण्टौसम्म नदीको पानी हेरेर बस्थे। नदिमा नुहाउँदा संगै साथीलाइ पटकपटक नदीमा डुबाउन खोज्थे। यहि विषयमा साथीसंग विवाद चल्थ्यो। उनी भन्थे, ‘मलाइ देख्ने इच्छा छ की मान्छे मरेपछि कहाँ जान्छ?’
हात्तीमा बसेर स्कुल गए
rajneesh osho images (1)
ओशोलाइ सुरु देखि नै आरामदायी जीवन जीउने बानी लागेको थियो। एक पटक हात्तीमा बसेर मात्र स्कुल जाने ढिपी लिए। हैरान गरेपछि उनका पिताले हात्तीको व्यवस्था गर्नु पर्यो। ओशो हात्तीमा बसेर स्कुल गए।
गरिबको चिन्ता छैन, धनीको गुरु
ओशोले अन्तर्वार्तामा कयौं पटक आफुलाई धनीहरुको गुरु भन्थे। उनी भन्थे, ‘गरिबको चिन्ता गर्ने कयौं गुरु छन्, मलाई धनीहरुको बारेमा सोच्न देउ’
दिनमा तीन किताब पढिसक्थे
ओशो पढ्ने-लेख्ने मामलामा निकै शौखिन थिए। किशोरावस्थामा नै एक दिनमा तीन किताबसम्म पढिसक्थे। उनलाई जर्मनी, मार्क्स र भारतीय दर्शमको किताब बन्ने विशेष शोख थियो।
३६५ रोल्स रोयस लक्ष्य

२० औं शताब्दीका विवादित आध्यात्मिक गुरु ओशो, थियो ९० वटा रोल्स रोयस: पुरा पढ्नुस्

उनका शिष्यले उनलाई ३६५ वटा आलिसान ‘रोल्स रोयस’ कार किन्ने लक्ष्य राखेका थिए। उनीसंग ९० वटा रोल्स रोयस कार पुगिसकेको थियो।
यो पनि पढ्नुस्।

‘सेक्स गुरु’ ओशोले अध्यात्ममा यौन कसरी जोडे?

आधुनिक युगको लागि बुद्ध का ९ सन्देश

 60 
  0  60
आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ? छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, सुखै सुखमा बाँच्न पाउने मौकालाई त्यागेर उनले दुःखको पहिचान गर्न दरबार छाडे। कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस गरे।Lessons from Buddha Life (11)
अन्ततः यो संसारको रिती र थितीलाई बुझ्नको लागि, यो संसारको दुःख र पीडालाई चेतनामार्फत जरै देखि उखेल्नको लागि सिद्धार्थले ध्यान गरे, बुद्धत्व प्राप्त गरे, आफ्ना चेलाहरूलाई जीवनको अर्थ सिकाए र बुद्ध बने। धर्म के हो, कर्म के हो, मृत्यु के हो भन्ने बारे चेतना फैलाए। तर आजभोली ती सबै पाठहरू रूढ हुँदै आइसकेका छन्, आधुनिकताले शान्ति र अशान्तिको अर्थ उल्ट्याइदिएको छ। शान्तिको ढोङ्ग ओढेर बसेका पुजारीहरू आज आफ्नो कर्तव्यबाट धेरै टाढा पुगिसकेका छन्। अधिकारको नाममा तेरो र मेरो गर्ने गर्छन्, लोभ र लालसा नगर्नु भन्ने बुद्धका चेलाहरू आज “बुद्ध नेपालमा जन्मेका हुन्!” भन्दै नारा लगाउँछन्।
हामी मानिस हौँ, हामीले हाम्रो जीवनको सुरुवात देखि नै केहि नयाँ र नौलो कुराहरू सिक्दै आइरहेका हुन्छौँ। हरेक पाइलामा हामीले केहि कुरा सिकिरहेका हुन्छौँ। त्यसैले आधुनिकताको बाहनामा आफ्नो कर्तव्यबोध बिर्सेका आजभोलीका मानिसहरूले पनि वुद्धको जीवनबाट केहि पाठ सिक्नु जरुरी हुन्छ।
१. केही नयाँ सोँच लिनुहोस्
Lessons from Buddha Life (9)बुद्धले “आफ्नो बाटो आफै पत्ता लगाउ” भन्ने अवधारणालाई पछ्याएका थिए। उनले यो संसारको बारेमा ज्ञान पाउनको लागि विभिन्न उपायहरूको अभ्यास गरे, तर त्यसबाट केहि टुङ्गो नलागेपछि, उनले आफ्नै छुट्टै उपायको विकास गरेका थिए।
२. आफ्नो स्तरलाई परिवर्तन गर्नुहोस्
Lessons from Buddha Life (8)सबैलाई थाहा भएकै कुरा हो, बुद्ध जन्मिँदा उनी ‘बुद्ध’ थिएनन्। सिद्धार्थ गौतमको नामबाट राजकुमार भएर जन्मेका थिए, दरबारमै हुर्केका थिए, तैपनि उनले सबै कुरा त्यागेर सन्यासी बन्ने निर्णय गरे। एक आवाजको भरमा सबै सुःख आफ्नो सामुन्ने पाउन सक्ने सिद्धार्थले भिख माग्न थाले। उनले जीवनलाई हरेक कोणबाट परीक्षण गर्नथाले र सत्य कुरा पत्ता नलागेसम्म निरन्तर खोजमा लागिरहे।
३. सक्नुहुन्छ भने यात्रा गर्नुहोस्
Lessons from Buddha Life (7)संसारका अन्य कतिपय आध्यात्मिक महान् व्यक्तिहरू जस्तै बुद्धले पनि यात्रा गरे, धेरै भन्दा धेरै मानिसहरूसँग सम्बन्ध गाँसे। ज्ञानलाई बाँड्नुपर्छ भन्ने धारणालाई उनी विश्वास गर्दथे र उनले यस विश्वासलाई आदर्शको रूपमा मात्रै राखेनन्, त्यसैले त आज सारा संसारकै मानिसहरूले बुद्धलाई चिन्छन्, उनको ज्ञानलाई मनन गर्छन्।
४. परीक्षणको शक्तिलाई बुझ्नुहोस्
Lessons from Buddha Life (6)सत्य कुरा जान्नको लागि परिक्षण गर्नुपर्छ, परीक्षा लिनुपर्छ भन्ने कुरा बुद्धको जीवन र उनको प्राप्तिबाट सिक्न सकिन्छ। केवल सुनेको भरमा अगाडि नबढ्नुहोस्, आफूले पनि जाँच्नुहोस्, बुझ्नुहोस् अनि मात्र सत्यबोध हुनेछ।
५. योग्य र अयोग्यमा फरक छुट्याउनुहोस्
Lessons from Buddha Life (4)सिद्धार्थ सबै सम्पत्तीले युक्त थिए, उनको दरबार सारा सुःखले भरिभराउ थियो, तैपनि उनले सम्पत्ती र सुःख भन्दा बढी योग्य कुरा पत्ता लगाउने बाटो हिँडे। दरबारको सम्पत्ती त आउँछ जान्छ, तर सही ज्ञान र चेतना आफै आउँदैन, त्यसलाई त खोज्नुपर्छ भन्ने उनको धारणा थियो।
६. सद्भाव
Lessons from Buddha Life (3)गौतम बुद्धले आफ्ना चेलाहरूलाई सँधै प्रकृतिसँगको सद्भावको बारेमा ज्ञान दिने गर्दथे। किनकी उनले बुझेका थिए, प्रकृति नै आमा हुन्, प्रकृति नै भगवान हुन्। त्यसैले त आजका वातावरणविदहरूले उक्त सद्भावको कदर गर्दछन्।
७. धैर्य गर्नुहोस्
Lessons from Buddha Life (2)उनले भनेका थिए, “कर्म गर तर फलको आशा नगर!” विशेष गरी आजका युवाहरूले यो कुरालाई चिन्तन गर्नु जरुरी हुन्छ। केही उदेश्य हासिल गर्नको लागि कर्ममा जोड लगाउनुपर्छ र धैर्य भएर बस्नुपर्छ, यदि सही कर्म गरेका छौँ भने फल त अवश्य नै पाउनेछौँ।
८. क्षमा गर्न सिक्नुहोस्
Lessons from Buddha Life (10)अरूलाई क्षमा गर्ने बानी र कलालाई सुधार्नुपर्ने कुरामा बुद्धले जोड दिएका थिए। क्षमा गर्ने बानीले दिमान शान्त हुनेछ। जसले रिस, राग र क्रोधलाई कम गर्छ। त्यसैले आफ्नो मनस्थितीलाई शुद्ध बनाउनुहोस् र शान्तिपूर्ण बाटो लम्किनुहोस्।
९. यो संसारको अस्थायी प्रकृतिलाई बुझ्नुहोस्
Lessons from Buddha Life (5)आफ्नो जीवनको उदाहरण मार्फत बुद्धले सबै कुराहरू अस्थायी हुन् भनेर पनि पुष्टि गरेका थिए। सबै भौतिक वस्तुको अन्त्य निश्चित छ। सुख र दुःख भनेको त उड्दै गरेको बादल हो, यसको कारणले मानिस हुनुको उदेश्य बिर्सिनुहुँदैन भनेर पनि उनले चेतना फैलाएका थिए।
सिक्ने कुराहरू सिक्दै जानुपर्छ, तर आफ्नो बाटो आफै हिँड्नुपर्छ, अरूबाट त प्रेरणा लिने हो किनकी तपाईँको जीवनको अर्थलाई तपाईँले नै अर्थपूर्ण बनाउनुपर्ने हुन्छ। जीवनको पथमा हिँड्दा धेरै बाधाहरू आउन सक्छन्, पर्खालहरू आउन सक्छन्, तर हामीले हार खानुहुँदैन। अशान्ति, रिस, राग, क्रोध, मोह अनि लोभ भनेका त विकारहरू हुन्, यसको पक्षमा नलाग्दा नै शान्ति, माया, सद्भाव, सम्मान र सुखलाई चिन्न सकिन्छ। बुद्धका भनाइ पढ्न बुझ्नलाई होइन, जीवनमा लागु गर्न तयार हुनुपर्छ।