१. विषयको उठान
ग्रीक शब्द topos र onyme को गठजोडबाट toponyme भएको देखिन्छ । topos को अर्थ स्थान र onyme को अर्थ नाम हो भने समुच्चय रुपमा toponyme लाई स्थाननामको रुपमा लिइन्छ । साथै खोलानाला आदिका नाम बुझाउनका लागि hydronmyme शब्द पनि प्रयोग भएको पाइन्छ । कुनै पनि भूगोलमा रहेको स्थाननाम toponyme या जलनाम hydronmyme ले त्यस ठाउँको ऐतिहासिक, सांस्कृतिक एवम् सामाजिक पहिचान बोकेको हुन्छ । स्थाननाम राख्ने काम स्थानीय जनता या आदिवासीहरूले गर्दछन् र त्यो उनीहरूको आफ्नै भाषामा हुने गर्दछ । तर विश्वमै भाषिक साम्राज्यवादीहरूले कुनै पनि स्थानीय र खासगरी आदिवासीहरूको पहिचान नै नामेट पार्ने गरी स्थाननामलाई आफूअनुकूल बनाउने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् ।
स्थाननाम राख्ने काम स्थानीय जनता या आदिवासीहरूले गर्दछन् र त्यो उनीहरूको आफ्नै भाषामा हुने गर्दछ । तर विश्वमै भाषिक साम्राज्यवादीहरूले कुनै पनि स्थानीय र खासगरी आदिवासीहरूको पहिचान नै नामेट पार्ने गरी स्थाननामलाई आफूअनुकूल बनाउने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् ।
नेपालमा रहेका प्राचीन सभ्यताहरूमध्ये किरात पनि एक हो । मूलत: किरात शब्दले ऐतिहासिक रुपमा ओल्लो, माझ र पल्लोलाई जनाउने गरेको भए पनि पंचायतकालीन राजा महेन्द्रले पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लाको रूपमा विखण्डन गरिदियो । यो एक भाषा खस नेपाली र एक धर्म हिन्दूको द्योतक थियो । तर अहिले संविधानले नै मुलुकलाई ७ वटा प्रदेशमा पुर्नसंचना गरेपछि नामांकरणको विषयमा बहस सुरु भएको छ । प्रदेशको नाम मात्र होइन, स्थानीय निकायलगायत स–साना प्रशासनीक इकाइका नामहरूमा पनि बहस गर्नु पर्ने देखिएको छ । यसै सन्दर्भमा किरात क्षेत्रमा रहेका स्थाननामको प्रतिनिधि मूलक ढंगले अध्ययन गरिनुका साथै अपभ्रंश कसरी भएको छ भन्ने कुराको सांकेतिक लेख हो ।
२. स्थाननामको वर्गीकरण
किरात क्षेत्रमा रहेका स्थाननाम मूलभूत रूपमा स्थल र जलनाम गरी दुई तरिकाले विभाजन गरेर अध्ययन गर्न सकिन्छ जसलाई तालिका १ मा प्रस्तुत गरिएको छ ।

३. स्थलनाम
क) गाउँ या टोल
किराती भाषामा टोल या गाउँ प्रत्यय लागेर आएका स्थान नामहरू छन् । माइकलोभस्की (१९९४:७१) ले गाउँ ठाउँ र टोलका लागि किराती माउ शब्द (proto-form) का रूपमा ८देल लाई मानेका छन् भने म्याटिसप (१९७२ : ६७३)ले ८द्याल ञ् त्याल लाई माउ शब्द (proto-form) मानेका छन् । दुमी, कोयी र साम्पाङले देल ‘टोल या गाउँ’ प्रयोग गरेको देखिन्छ । तर कुलुङ र चाम्लिङ आदिले चाहिँ ?–तेल‘टोल या गाउँ’ प्रयोग गर्दछन् । भाषावैज्ञानिक रूपमा हेर्दा ?–तेल हुँदै ? –देल अर्थात् तेल बाट देल बनेको देखिन्छ । भाषावैज्ञानिक हिसाबले त बाट नै द बन्दछ र स्वभविक प्रकृया हो किनभने यी दुवै ध्वनीको उच्चारण स्थान (place of articulation) एकै हुन् ।
तर केही अन्य तेन/टेन जस्ता प्रत्ययहरू पनि आएका छन् । बान्तावाले तेन प्रयोग गर्दछ भने दुङमालीले टेन प्रयोग गर्दछन् । बान्तवामा प्रयोग भएको शुरूको दन्त्य ध्वनी (dental) र दुङमालीमा प्रयोग भएको शुरूको वर्त्स्य ध्वनी (alveolar) का बीच सम्बन्ध नजिकको देखिन्छ । किनभने यी दुवैलाई हेर्दा एकअर्काबीच सहजात (cognates) का रूपमा आएका छन् । तालिका १ सँगै केही उदाहरणहरू पनि हेरौं ।

तालिका नं. १ मा प्रस्तुत गरिएका तालिकामा हेर्दा दुमी, कोयी, साम्पाङ र नाछिरिङले गाउँ या टोलका निम्ति
देल –
द्याल प्रयोग गरेको देखिन्छ । माउ शब्द (proto-form)
देल कै रूपमा आएका छन् । केही उदाहरण हेरौं :
१) दुमी भाषामा रहेको
क) खोप्पादेल : खोप्पा ‘घाम हत्तपत्त नलाग्ने ठाउँ’ + देल ‘गाउँ’
ख) मालदेल : माल ‘जग्गाको आधिकारिक काम गर्ने कार्यालय + देल ‘गाउँ’
ग) कुमदेल्—कुम् ‘खरीढुङ्गा’ + देल् ‘गाउँ’ हुँदै तुर्खा भएको खरी ढुङ्गा प्रशस्त पाइने भएकाले यस ठाउँको नाम खरीगाउँ अर्थात् कुमदेल भनिएको पाइन्छ ।
घ) कादेल— कावा ‘खोला’ + देल ‘गाउँ’
२) कोयी भाषामा रहेको
क) सोदेल – सुङ्देल : स ‘दाउरा’ + देल् ‘गाउँ’
ख) बलमदेल : बलम् ‘आत्मा रहने’ + देल् ‘ठाउँ ’
३) नाछिरिङ भाषा १) बाङ्देल : बा (ङ) ‘?’ + देल् ‘गाउँ’ । थुलुङ भाषामा ङ) स्युम्देल : स्युम् ‘पुरानो’ + देल ‘गाउँ’ – पुरानो गाउँ ।
लिम्बु भाषामा नै रहेको तक्निवा भनिने स्थानका नाम पछि राणा शासकका तालुकदारले तिब्बतसँग ब्यापार गर्दा ओलाङचुङगोला जाने आउने गर्दा एक दिन हात्ति लडेर मरेपछि हात्तिलेङे भन्न थालिएको पाइन्छ । यसले के दृष्टान्त दिन्छ भने साना–साना प्रशासनिक इकाईहरूलाई पनि हिन्दूकृत गर्दै लगिएको छ जुन ज्वलन्त अतिक्रमण र नाङ्गो हस्तक्षेप हो ।
त्यसैगरी दुङ्मालीले टोल या गाउँ प्रत्ययका निम्ति टेन प्रयोग गरेको देखिन्छ भने वान्तवाले तेन प्रयोग गरेको देखिन्छ । केही उदाहरण हेर्न सकिन्छ, जस्तै दुङ्मालीले क)वाक्टेन : वाक् ‘खन्नु’+ टेन ‘टोल या गाउँ’ जसको अर्थ ‘खनिएको गाउँ या खनेर बनाइएको गाउँ’ ख) याङसाङटेन : याङसाङ ‘चिलाउनेको रूख’ + टेन ‘टोल या गाउँ’ जसको चिलाउनेको रूख भएको गाउँ भन्ने लाग्दछ । बान्तवाले क) थुलुतेन : थुलु ‘एक थरी राई’ + तेन ‘गाउँ’ – थुलुङ राई जाति बस्ने ठाउँ ख) दितेनी – धितेन धि ‘ठूलो’+तेन ‘गाउँ’ – ठूलो ढुङ्गा भएको गाउँ ।
ख) बाटो या मार्ग
बेनेडिक्ट (१९७२ : २१८)ले माउ शब्द (proto-form) का रूपमा ८लाम लाई मानेका छन् । किराती भाषामा ८ल्याम ञ् लाम आदि बाटोका निम्ति प्रयोग भएको देखिन्छ जुन माउ शब्द (proto-form) कै रूपमा प्रयोग भएको देखिन्छ । उदाहरणका निम्ति चाम्लिङ, दुङमाली, दुमी, कोयी र साम्पाङमा देखिन्छ । आङदेम्बे (२०६९ : ५२)ले लिम्बुले पनि बाटोका लािग लाम नै प्रयोग हुने बताएका छन् । तालिका २ ले बाटो या मार्गका निमित्त आएको प्रत्ययका रूपमा देखाएको छ ।

खलिङले
क) लोल्याम् : लो ‘?’ + ल्याम ‘बाटो’
ख) ल्याम्चना : ल्याम ‘बाटो’+चना ‘मुनि’
ग) खिस्केलाम्ः खिस्के ‘ चोर हिँड्ने’ + ल्याम ‘बाटो’
क) पुर्नेल्याम : पुर्ने ‘?’ + ल्याम ‘बाटो’ भनेर प्रयोग गरेको देखिन्छ । त्यसैगरी दुङमालीले
क) पित्लाम : पित ‘गाइ’ +लाम ‘बाटो’–गाई हिंड्ने बाटो । बान्तवाले
क) वाक्लाम —वाक् ‘सुगूर’ लाम् ‘हिँड्ने बाटो’ आदि प्रयोग गरेको देखिन्छ ।
घ) घर
किराती भाषामा घर बुझाउने शब्द किम या खिम प्रयोग गरेको देखिन्छ । बेनेडिक्ट (१९७२ : २१८) ले घर शब्द जनाउने माउ शब्द (proto-form) ८किम लाई पुर्नसंरचना (reconstruction) गरेका छन् । अर्कातिर म्याटिसप (२००३ : ५९८) ले ८कियीम ञ् क्युम भनी माउ शब्द (proto-form) मानेका छन् । धेरै जसो किराती भाषामा घर जनाउने शब्द किम नै प्रयोग भएको देखिन्छ भने प्राणत्व (aspiration) को प्रकृयाले खिम पनि भएको देखिन्छ । भाषाविज्ञानको नियमअनुसार किमबाट खिम बन्ने प्रकृया स्वभविक मानिन्छ । किम शब्दबाटै खिम भएको हो । केही उदाहरणहरू हेरौं ।

बान्तवा लुङखिम : लुङ ‘ढुङ्गा’ + खिम ‘घर’ – ढुङ्गा भएको घर ।
ग) लुङकवा : लुङ ‘ढुङ्गा’ + कुवा ‘पानी आउने
ख) बालाङखिम बालाङ ‘गारो’ + खिम ‘घर’ – गारै गारो भएको घर ।
ग) हाङखिम हाङ ‘गारो’ + खिम ‘घर’ (राजाको घर वा दरबार स्थित गाउँ भएकोले यस ठाउँको नाम हाङखिम टेन(टोल, गाउँ) रहन गएको हो ।)
थुलुङले लोखिम : लो ‘पाहा’ + खिम ‘घर’ – पाहा पाउने ठाउँ । (आहान : एक भनाइअनुसार राम्लीहाङ राजाको छोरा अन्तरे जुभू गएको भए पनि पछि फर्केर आई पाहा पाइने ठाउँमा बसेकोले पाहा पाउने ठाउँलाई लोखिम भन्ने गरिएको लोकोक्ति छ । तर थुलुङहरूले खिम लाई घर नभनी नेम भन्ने गरेका छन् ।)
घ) ढुङ्गा
प्रायः जसो किराती भाषामा ढुङ्गा बुझाउने शब्द लुङ नै प्रयोग भएको देखिन्छ । त्यसो त म्याटिसप (२००३ : ६२०) ले ढुङ्गाको माउ शब्द (proto-form)लाई ८लुक ञ्लुङलाई बताएका छन् । केही उदाहरण तल हेरौं ।

साम्पाङ
क) सारालुङ – सालुङ (सारालुङबाट सालुङ भएको)
ख) सा ‘मासु’ + लुङ ‘ढुङ्गा’–मासु काट्ने ढुङ्गा ।
ग) दँमालु दँमा ‘अडेसो’ + लुङ ‘ढुङ्गा’ – अडेसो लाग्ने ठाउँ ।
घ) खकलुङ खक ‘?’ + लुङ ‘ढुङ्गा’
घ) साम्फलुङ साम्फ ‘? ’ + लुङ ‘ढुङ्गा’
क)लेवालुङ लेवा ‘पितृ देवता’ + लुङ ‘ढुङ्गा’– पितृढुङ्गा भएको ठाउँ ।
त्र) दिमालुङ : दिमा ‘बज्यै’ + लुङ ‘ढुङ्गा’ – बज्यै ढङ्गा ।
खालिङले क) लुङथुङ : लुङ ‘ढुङ्गा’ + थुङ्मा ‘गाड्नु’ –ढुङ्गा गाडिएको ठाउँ । ख) लुङ प्रत्यय लागेका केही नमूना मोलुङ, येलुङ, सोलुङ
चाम्लिङ भाषामा समेत केही स्थाननामहरू लुङ ‘ढुङ्गा’ प्रत्यय लागेर बनेका छन् जस्तैः दिप्लुङ, किमालुङ, बामलुङ, चाचालुङ, चुमलुङ, कोक्सुलुङ, हुर्लुङ ।
लिम्बू भाषामा रहेको म्याङलङ पनि एउटा उदाहरण हो । लुगुन र अरू (२०६८)ले पनि कोइँच–सुनुवार भाषामा लुङ ‘ढुङ्गा’ प्रत्यय लागेका केही उदाहरण प्रस्तुत गरेका छन् जस्तै : मोलुङ, येलुङ, सोलुङ ।
ख) गोठ
केही किराती भाषामा गोठ प्रत्यय जोडेर बनेका स्थाननामहरू पनि छन् । खास गरी माथिल्लो भेगमा रहेका किरातीहरूले गोठ प्रत्यय प्रयोग गरेका स्थाननामहरू फेला परेका छन् । यसका लागि उनीहरूले याङ ‘गोठ’ प्रत्यय लाग्ने स्थाननामको प्रयोग गरेको देखिन्छ । म्याटिसप (२००३ : ६२०) ले चौंरीको माउ शब्द (proto-form) भनी ८याङलाई बताएका छन् । यो कुरा सही के मानेमा देखिन्छ भने उँभो लेकतिरका किरातीहरूले भेडा या चौंरीसमेत पाल्ने गर्दछन् । उनहरूले चौंरीगोठका रूपमा यी शब्दहरू प्रयोग गर्दै ल्याएको अनुमान गर्न सकिन्छ । जबकि औल या वेंशीतिरका किरातीहरूमा भने यस प्रकारको प्रत्यय लागेका स्थाननामहरू पाइँदैनन् ।

खालिङमा भाषामा
क) न्यागियाङ : न्यागी ‘नागी’ + याङ ‘गोठ’
ख) ख्याप्चियाङ : ख्याप्चि ‘पैसा’ +याङ ‘गोठ’ आदि
याङ प्रत्यय लागेर आएका शब्दहरू छन् भने कोयी भाषामा
क) बोय : बो ‘बँदेल’ + य ‘गोठ या ठाउँ’– बँदेलहरू पाइने ठाउँ
ख) नागाय : नाग ‘नाग या सर्प’+य को गोठ या ठाउँ
ग) रियाङ ‘रि’ + याङ ‘गोठ’ । तर अन्य किराती भाषामा रहे नरहेको भन्ने कुराको निक्र्यौल थप आँकडाको जरूरी देखिन्छ ।
घ) शिर या चुचुरो
म्याटिसप (२००३ : ६२०) ले शीर या चुचुरोलाई माउ शब्द (proto-form) का रुपमा ८तो पुर्नसंरचना गरेका छन् । उच्चारण स्थानका आधारमा हेर्ने हो भने त र च ध्वनी नजिक मानिन्छन् । प्रायः जसो किराती भाषमा शीर या चुचुरो बुझाउनका लागि चाङ – चोङ – जोङआएका हुन्छन् । नेपालभाषामा पनि चो ‘चुचुरो’ स्थाननाममा प्रत्ययका रुपमा आएको देखिन्छ (मल्ल, २०१५ : २३८) । उदाहरणका लागि हेरौं, थेंचो, आर्धाचो, मिम्दीचो, पाँहान्चो, लुम्बान्चो खाँरिचो आदि । किराती भाषाका लागि तलको तालिका र उदाहरण हेरौं :

किराती भाषामा पनि शीर या चुचुरो बुझाउने शब्दका लागि
चोङ –
जोङ जस्ता प्रत्यय लागेर आएका थुप्रै शब्दहरु छन् । उदाहरण लागि
क) सिलिचुङ –
सिलिचोँ ख) तुवाचुङ
ग) रावाचुङ
घ) तायजुङ आदिलाई हेर्न सकिन्छ ।
ग) फेँद वा रूख
केही किरात भाषामा फेँद या रूख भन्ने शब्दकालागि टाङ – राङ जस्ता प्रत्यय लागेका शब्दहरू प्रयोगमा आएको पाइन्छ । विशेषगरी बान्तवा र दुङमालीमा यी प्रत्यय लागेर बनेका स्थाननामहरू भेटिन्छन् । अन्य किराती भाषाको हकमा भने अझ अगाडि अध्ययनलाई बढाउनु पर्ने हुन्छ ।

दुङमालीले
क) मार्टाङ : मार् ‘एक प्रकारको रूख’ + टाङ ‘फेंद’ जसको अर्थ ‘एक प्रकारको रूखको फेँदको ठाउँ’
ख) अम्वर्टाङ : अम्बर ‘एक प्रकारको रूख’ +टाङ ‘फेँद’ जसको अर्थ ‘एक प्रकारको रूखको फेँदको ठाउँ’ ।
ग) वाइक्वुटाङ –‘वेतको रूख’ + टाङ ‘फेँद’ जसको अर्थ बेतघारी भएको ठाउँ ।
बान्तवामा राङ ‘बोट वा फेँद’ लागेका प्रत्ययहरू छन् जसलाई यी उदाहरणमा हेर्न सकिन्छ :
क) खाक्चिराङ : खाक्चिङ ‘टिमुर’ + राङ ‘बोट’–टिमुरको बोट ।
ख) खैराङ : खैसी ‘ओखर’+ राङ ‘बोट’– ओखरको बोट भएको ठाउँ ।
ग) खुवाङराङ – खोङतराङ : खुकै ‘एक प्रकारको मुत्दुमी रूख’ + ला ‘घारी’–खुकै रूखको घारी भएको ठाउँ ।
घ) खोङतराङ – खुवाङ्राङ : खुवाङ ‘मलता’ + रा ‘रूख’– मलताको रूख ।
ङ) छोङ्कुराङ : छोङ्कु ‘सिमल’ + राङ ‘रूख’ – सिमलको रूख भएको ठाउँ,
च) डुकीराङ : डुकी ‘एक प्रकारको विरूवा’ + राङ ‘बोट’–एक प्रकारको विरूवाको बोट भएको,
छ) डाक्बुराङ : डाक्बुङ ‘गुराँस’ + राङ ‘रूख’ –गराँसे,
ज) बाहुराङ : बाहु ‘ढुङ्ग्रे बाँस’ + राङ ‘रूख’ – ढुङ्ग्रेबाँसको फेँद भएको ठाउँ,
झ) खाक्चिराङ : खाक्चि ‘टिमुर’+ राङ ‘रूख’ = पहिले टिमुरको रूख बढी मात्रामा पाईने भएकोले यस ठाउँको नाम वान्तावा भाषामा खाक्चिराङ रहन गएको हो ।
ञ) वाकाराङ : वाका ‘दुदेलो’ + राङ ‘रूख’– दुदलोको रूख धेरै मात्रामा पाईने हुनाले वान्तावा भाषामा वाकाराङ नाम रहन गयो ।
ट) सोवाराङ : सेवा ‘स्याउ जस्तै फल’+राङ ‘रूख’ स्याउको रूखजस्तै एकप्रकारको रूखलाई सेवाराङ भनिन्छ ।
ठ) लाक्तुराङ : लाक्तु ‘दार’ + राङ ‘रूख’= दारको रूख बढी पाइने ठाउँ भएकोले लाक्तुराङ नाम रहन गएको हो ।
साम्पाङले क) सिमलध : सिमल ‘सिमलको रूख’ + ध ‘फेंद’–सिमलको फेँद वा सिमलको फेँदकै नामबाट स्थाननाम रहन गएको, ख)बरध : बर ‘एक प्रकारको रूख’ + ध ‘फेंद’–एक प्रकारको रूखको फेँद वा सिमलको फेँदकै नामबाट स्थाननाम रहन गएको ।
ङ) घारी
केही किराती भाषामा ला – ‘घारी’ शब्द प्रत्यय लागेर पनि स्थाननाम बनेका छन् । बान्तवा, चाम्लिङ र दुङमाली भाषामा देख्न सकिन्छ जसलाई तल उदाहरणमा समेत प्रस्तुत गरिएको छ ।

बान्तवाले
ला – ‘घारी’ लागेका प्रत्ययहरू
क) खक्खान्ला : खक्खान ‘चिराइतो’ + ला ‘घारी’ –चिराइतो घारी ।
ख) खुकैला : खुकै ‘एक प्रकारको मुत्दुमी रूख’ + ला ‘घारी’ – खुकै रूखको घारी भएको ठाउँ ।
ग) डाङ्माकला : डाङमाङ ‘बनकेरा’ + ला ‘घारी’–बनकेराको घारी ।
घ) दङ्ला : दङ ‘निगालो’ + ला ‘घारी’ – निगालो घारी ।
ङ) दिसङ्ला – ढिसङ्ला : ढि ‘ठूलो’ + सङ्ला ‘वन’–ठूलो ठाउँ ।
च) पिततुम्ला : पित ‘गाइ’ + तुम्ला ‘भेटहुने’–गाईबस्तु भेट हुने ठाउँ ।
छ) साम्बाला : साम्बा ‘बाँस’ + ला ‘घारी’–बाँसको घारी ।
ज) रोहम्ला : रोहम् ‘भोभोतेको रूख’ + ला ‘घारी’– भोभोतेको घारी भएको ठाउँ ।
झ) भामला : भाम ‘बाँझो’ + ला ‘घारी’–बाँझै भएको र झार आदिले खाएको ठाउँ ।
ञ) हर्दिला : हर्दि ‘बेसार’ + ला ‘घारी’ – बेसारको घारी भएको ठाउँ ।
ट) पेक्ला – पेलेक्ला : पेलेक ‘खस्रु’ + ला ‘घारी’ –खस्रुहरूको घारी ।
ठ) हाङकाङ्ला : हाङकाङ ‘घोडाखरी’+ला ‘घारी’ –घोडाखरीको घारी भएको ठाउँ ।
४. जलनाम
किराती भाषामा रहेका केही जलनामहरू रहेका छन् जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ।
क) पानी वा खोला
म्याटिसप (२००३ : ६२०) ले ढुङ्गाको माउ शब्द (proto-form) लाई ८ती(यू)लाई बताएका छन् । तर किराती भााषामा ?(कु ञ् खु श्र आदि प्रत्ययका रुपमा आएका हुन्छन् जसले पानी या खोला आदिको अर्थ दिने गर्दछ । मल्ल (२०१५ : २३५) मा ?(खु श्र प्रत्यय लागेका केही नेपालभाषामा रहेका स्थाननामको उदाहरण छन् जसले खोलाको अर्थ दिन्छ जस्तै : टेँखुँ (पछि टेकु भएको अपभ्रंश भएर), लामाखुँ, साँखुँ, जाटिखुँ, हुँदिखुँ, पिखुँ आदि ।

दुमीले
क) छेकु : छे ‘?’ + कु ‘पानी’
ख) बाछेर्कु : बाछे ‘पानीको शिर’ + कु ‘पानी’
ख) विखेर्कुः बि ‘गाइ’+ खेर्क ‘खर्क’
ठ) हल्कु : हल्कु ‘रगत चुहाएर पूज गर्ने थलो’ खालिङले
क) वाकु — वा ‘पूर्खा’ + कु ‘पानी’ जसको अर्थ पुर्खाले प्रयोग गर्ने गरेको पानीको ठाउँमा भन्ने लाग्दछ,
ख) लोस्कु — लोस् ‘कुल’ + कु ‘पानी’
ग) दाम्कु — दाम् ‘मरण भएपछि लाने’ + कु ‘पानी’ ?
घ) सेन्कु — सेन्कु ‘मार्नु’ + कु ‘पानी’ पानी मरेको ठाउँ
ङ) खालजम्कु —खालजम् ‘गाँड’ + कु ‘पानी’ पानी खाँदा गाँड आउने ठाउँ
च) काकु — ‘पानी’ बान्तवामा पनि ?–होङ्कु – प्रत्यय लागेका स्थाननामहरू छन् जस्तै :
क) काङ्वा होङ्कु
ख) खेन्वाहोङ्कु ।
तर किराती भाषामा पानी बुझाउने शब्दका लागि वा – ‘खोला या पानी’ पनि प्रयोग हुने गरेको छ जस्तै बान्तवामा क) कावा ‘सानो वा नाघ्न सकिने प्रकारको खोला ’ ख) खावा—‘गएको बाटा वा पानी वा खोला’ ग) मखुवा—‘सुकिजाने पानी वा खोला’ घ) याङ्गुवा — ‘गुँड या ओढार भएको ठाउँ’ ङ) बङ्खुवा—‘चोर जस्तै थाहै नपाई आउने खोला’ च) पिखुवा—‘गाईलाई थाहै नदिई लैजाने खोला’ छ)लुभुवा—‘विशाल ढुङ्गा भएको खोला’ ज) छिदुवा —छेन्दुवा छेन्मु+वा छान्नु (छनौटे जग्गा) पानी पनि भएको ठाउँमा, ख) ढिलुङतावा : ढिलुङ ‘ठूलो ढुङ्गा’+तावा ‘पानी निस्कने’ – ठूलो ढुङ्गाबाट पानी निस्कने ठाउँलाई ढिलुङतवा भनिन्छ । ग) लित्चाक्वा : लित ‘पानीमा हुने जुका’+चाक्वा ‘पानी’ –पानीमा जुका पाइने ठाउँ । घ) वाबक : वा ‘पानी’+बक ‘बारी’ – बारीमै पानी पाइने अर्थात् प्रशस्त पानी पाइने ठाउँ । ङ) लुङथुङ्वा : लुङठुङ ‘जडिएको ढुङ्गा’+वा ‘पानी’–जडिएको ढुङ्गाबाट पानी निस्कने गरेको हुन्छ , क) कुन्चुक्वाः कुन्चुक ‘कालो’+वा ‘पानी’ –कालोपानी या कालापानी जस्ता स्थाननाममा प्रत्यय आएको देखिन्छ भने साम्पाङमा छामवा : छाम ‘ताप’+वा ‘पानी’–ताप खोला । ख) नक्तीवा : नक्ती ‘ढुङ्ग्री’ +वा ‘पानी’–ढुङ्ग्री खोला आदि आएको देखिन्छ । त्यसैगरी चाम्लिङमा पपनि वा ‘पानी’ प्रत्यय लागेका रावा, तावा, सावा, पिखुवा, अखुवा, डिकुवा, इर्खुवा, चिर्खुवा, लुङ्खुवा, मकुवा, मखुवा, मजुवा, छेवा, बेगवा, बाम्दुवा, बाखुवा, दरूवा, दिनुवा, कदुवा ।
केही किराती भाषामा?–बुङ पनि प्रत्यय लागेका हुन्छन् । क) बुङ प्रत्यय लागेका शब्द खिरिबुङ—सिरिबुङ ‘छिन्ताङ’ ओखिबुङ—खोकु मानीबुङ–दिवावुङ —आँखिसल्ला ख) सा जग्गा वा थलो प्रत्यय लागेका ठाउँहरू एक्कुसा —चुङवाङ कमिसा — खोकु ।
५. अपभ्रंसित तथा हिन्दूकृत गरिएका स्थाननाम
किरात क्षेत्रमा रहेका स्थाननामहरूको दुई तरिकाले अपभ्रंश भएको पाइन्छ । पहिलो हो ध्वनी परिवर्तनसँगै अनर्थ शब्दको निर्माण र हिज्जमा परिवर्तन । यस प्रकारका अपभ्रंश गैर भाषी या गैर किरातहरूले गरेको देखिन्छ । गैर किरातहरूले प्रशासनिक प्रयोगका क्रममा अपभ्रंश गरिदिएका छन् । दोस्रो हो किराती भाषाका स्थाननामलाई हिन्दूकृत गरिएका स्थाननामहरू पनि प्रशस्तै रहेका छन् :
७. वैठान
स्थाननाम toponyme को सर्जक जनता जनार्दन हुन् । तर भाषिक अतिक्रमण या साम्राज्यवादी नीति अपनाएर स्थाननाम toponyme मा आफू अनुकूल बनाउने गरेका कैयन् उदाहरण छन् । कुनै बेलाको लाम्दिजा बाक्सिला (बाघको सिला पाइएको अर्थमा प्रयोग हुन थालेको) भएको, खोटाङको दुर्छिममा रहेको रावाचुङलाई कोटडाँडा भन्न थालिएको, खोटाङकै दिनुवालाई समग्रमा पछि भण्डारीडाँडा बनाइएका प्रसस्त उदाहरणहरू छन् ।
त्यस्तै हालको खोटाङ जिल्लाको बाहुनीडाँडा गाविसमा वाम्बुले राईजातिको सघन बस्ती छ । तर पनि त्यहीँ ठाउँमा सानो संख्यामा रहेको ब्राम्हण जातिको नाममा नै गाविसको नामाङ्करण गरिएको देखिन्छ । वाचीपालालाई चिसापानी गाविस, ओक्पारीतुङलाई मोवाबोटे, दाक्मिलुङलाई जन्तेढुँगा हुङ्मालाई देविस्थान गाविस रिब्दुङलाई महेश्वरी र जलेश्वरी, ससर्कालाई जाल्पा, जरंखालाई सप्तेश्वर बनाईएका छन् । कुलुङ भाषामा रहेको सोलुखुम्बुको फुस्तेल र खेत्तो क्रमशः शिवटार र जरायोटार भैसकेका छन् ।
लिम्बु भाषामा रहेको तेह्रथुमको सदरमुकाम मियङलुङ अर्थात् बिराले ढुङ्गे अहिले अर्थ न बर्थले म्याङलुङको रूपमा अपभ्रंश भएको छ । त्यस्तै लिम्बु भाषामा नै रहेको तक्निवा भनिने स्थानका नाम पछि राणा शासकका तालुकदारले तिब्बतसँग ब्यापार गर्दा ओलाङचुङगोला जाने आउने गर्दा एक दिन हात्ति लडेर मरेपछि हात्तिलेङे भन्न थालिएको पाइन्छ ।
यसले के को दृष्टान्त दिन्छ भने साना–साना प्रशासनिक इकाईहरूलाई पनि हिन्दूकृत गर्दै लगिएको छ जुन ज्वलन्त अतिक्रमण र नाङ्गो हस्तक्षेप हो ।