martes, 5 de abril de 2016

सर्ब‍-जातीय नेपाल -

सर्ब‍-जातीय नेपाल -

नेपालमा धेरै समस्याहरू छन् जस्तो लागेता पनि बिशेष गरेर जातीय दमन र असमानतालाई तुरून्त नियन्त्रण गर्ने हो भने बाँकी समस्याहरू घट्छन् तर थपिन्दैनन्। नेपालमा सबैले आ-आफ्नो हिसाबले बुझेका आ-आफ्ना तर्कहरू हुन सक्दछन् तर अबको दिनमा नेपालमा हुने कुनै पनि बिकराल धन-जनको क्षतीबाट बच्न र सबैलाई बचाउँनको लागि एउटा सबैभन्दा उत्तम, सजिलो, प्रभावकारी र बैज्ञानिक बिधी चाँहि सर्ब-जातीय बिधी नै हुनु पर्दछ।

आजसम्म हामी सबैले स्वीकारेको अथवा सबैले खुलेर मान्न पर्ने तथ्य के हो भने नेपाली समाजको बनावट बहु-जातीय, बहु-भाषीक, बहु-भेषीक, बहु-साँस्कृतीक अथवा बहु-धार्मीक छ अनि नेपाली समाजको त्यस्तो बहु-आयामीक बनावट को बिपरीत त्यहि बहु-आयामीक समाजहरू मिलेर बनेको देशको राज्य प्रणालीको बनावट चाँहि सधैँ एकलकाँटे वा एकात्मक साम्प्रदायीक हुनु अनौठो र नेपाली समाजले सधैँ चाहेको शान्तिको प्रतिकूल छ। त्यहाँ केहि निश्चित जातीका ब्यक्तिहरू मात्रै सधैँ बिभिन्न बहानामा सर्ब-दलिय सहमती भन्दै पालै-पालो सधैँ त्यो सरकार वा सत्ताको हरेक कित्तामा रहेर रात-दिन घुस, भ्रष्टाचार र बदमासीहरू गरिरहेका छन् र त्यहि जातीका नबुझ्ने अधिकाँश पिडीत जमातहरू समेत चुपचाप हेरिरहेका छन्।

त्यहाँ प्राय: सबै वा धेरै राजनैतिक दलहरूमा केहि जाती वा थरका ब्यक्तिहरू मात्रै पुस्तौनी आजीवन ठूला नेता रहने ब्यबस्था मिलाइएको छ र सबै दलहरू मिलेर सभा, सदन र सरकार निर्माण गर्दा पनि त्यहाँ सधैँ त्यहि एकात्मक साम्प्रदायीक सभा, सदन र सरकार नै निर्माण नै हुने गर्दछ त्यसो हुँदा अहिले चर्को रूपमा उठेका मूख्य जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) दमन र असमानताहरू ती कुनै पनि सभा, सदन र सरकारले कहिले कहिल्यै पनि समाधान गर्न सक्दैनन्।

त्यो सर्ब-दलिय सहमतीको साम्प्रदायीक नाटकलाई रोक्न अब यो "सर्ब-जातीय बिधी" को बिकल्प छैन। यो "सर्ब-जातीय बिधी" भनेको के हो अथवा कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर दिनुको सट्टा त्यसको स्वरूपलाई प्रष्ट पार्न सकियो भने उत्तम हुन सक्दछ।

"सर्ब‍-जातीय बिधी"को स्वरूप:

यसको स्वरूप लाई कुनै लामो परिच्छेद मा ब्याख्या गर्नु भन्दा पनि बुँदागत हिसाबले प्रस्तुत गर्दा बढि बुझ्न सजिलो हुनु पर्दछ।

(१) सर्ब-जातीय बिधीले नेपालमा उठेका बिधमान सबै समस्याहरूलाई अत्यन्त सजिलो, प्रभावकारी र बैज्ञानिक ढँगबाट समाधान गर्दछ।

(२) सर्ब-जातीय संबिधान सभा हुँदै त्यहाँ सर्ब-जातीय सदन र सरकारहरू पनि निर्माण हुने छन्।

(३) सर्ब-जातीय बिधीमा प्रत्येक वा सबै जातीय संघहरू राष्ट वा राज्यको सबै सभा, सदन र सरकारमा सधैँ सहभागी रहन्छन्।

(४) सबै जातीय समूहले आ-आफ्नो जन-घनत्वको आधारमा समानुपातिक सँख्यामा प्रतिनिधीहरू छानेर पठाउँछन् तर सबैभन्दा थोरै जनसँख्या भएका जातीय संघहरूले पनि कम्तिमा १ जना प्रतिनिधी चाँहि पठाउन पाउँछन्।

(५) कुनै पनि जाती त्यहाँ हिन्दु बर्णाश्रमको त्यो ४ जात अनुसार सानो र वा ठूलो मानिने छैनन्, प्रत्येक जातीका प्रत्येक प्रतिनिधीहरू एकापसमा र अर्को जातीका प्रतिनिधीहरसँग समान रहने छन्।

(६) प्रत्येक प्रतिनिधीहरू आ-आफ्नै जातीय संघहरूबाट छानिएर आउने हुनाले कुनै जातीय संघभित्र कुनै पनि किसीमको आन्तरीक धाँधली वा बिबाद परेमा त्यहाँ आम चुनावमा जस्तो कुनै पनि ठूला समस्याहरू देखा पर्दैनन्।

(७) राष्टपति र प्रधान मन्त्री जस्ता मूख्य ओहोदाहरूको लागि चाँहि तिनै प्रतिनिधीहरूभित्रबाट छानिएका उम्मेदवारहरूलाई पुन: सम्पूर्ण देशबासीहरूको ठूलो वा आम चुनावको मतदान गर्न पनि सकिन्छ।

(८) अपराधीहरू बाहेक कुनै पनि सदस्यहरू आफ्नो जातीय संघभित्र उम्मेदवार भएर छानिएर त्यो राष्टिय सभा हुँदै, सदन र सरकारमा पुग्दछन् तर प्रत्येक जातीय समूहभित्र हार्ने उम्मेदवारहरू चाँहि त्यो सभा, सदन र सरकारको बिकल्प वा प्रतिपक्षमा रहन सक्दछन्।

(९) अहिलेको जस्तो त्यो समानुपातिकको कोटा वा निहुँमा कुनै पनि नेताले आफ्नो ब्यक्तिगत अथवा आफ्नो पार्टीको स्वार्थ अनुकूल कुनै पनि अर्को कमजोर जातीका ब्यक्तिलाई टिपेर साँ‍क्षीको रूपमा त्यहाँ उभ्याउन अथवा सामेल अथवा उपस्थिती गराउन पाउदैनन् र अहिलेको जसरी चुनावमा आफैले पराजीत हुँदा पनि फेरी त्यहि समानुपातिकको कोटामा आफैलाई राखेर बिजयी गराउँन कसैले कहिल्यै पनि सक्दैनन्।

(१०) यो सर्ब-जातीय बिधीले नेपालको त्यो जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) असमानता र समस्याहरूलाई सधैँको लागि पूर्णत: हल वा अत्यन्त न्यून गर्दछ।

(११) यो सर्ब-जातीय बिधी नेपाली सामाजीक-राजनैतिक इतिहासमा एउटा त्यस्तो क्रान्ति साबित हुने छ कि जहाँ सबैभन्दा अल्पसँख्यक र सधैँ सबै तरिकाले पेलिएका चमार, पोडे जस्ता कुनै पनि दलित जातीय समुदायहरूलाई एकैचोटी सधैँ सधैँको लागि त्यो सत्ताको हिस्सेदार बनाउँदछ।

(१२) सबै मूख्य सभा, सदन र सरकारहरूमा सबै जातीका प्रतिनिधीहरू सधैँ रहिरहने हुनाले त्यहाँ अहिलेको जस्तो कुनै पनि जातीको एकलौटी नहुँदा त्यहाँ कुनै पनि एकाध जातीका प्रतिनिधीहरूले घुस वा भ्रष्टचार वा कुनै पनि बदमासी कहिले कहिल्यै पनि गर्नै सक्दैनन्।

(१३) नेपालमा जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) दमन र असमानताले श्रृजना गरेको बिधमान जातीय द्वन्द्व सधैँ सधैको लागि समाप्त भएपछि नेपाली समाज शान्त भएर एकोहोरो गरिबी, रोजगार, स्वास्थ र शिक्षा जस्ता मूलभूत बिषयहरूमा ध्यान-केन्द्रित हुने छ।

(१४) सर्ब-जातीय संबिधान सभा हुँदा मात्र त्यहाँ अहिले कडा रूपमा उठेका पहिचान र संघीयताका सबै सवालहरू अत्यन्त सजिलोसँग सम्बोधीत हुनेछन्।

(१५) जन-सँख्या वा जन-घनत्वको आधारमा जम्मा भएको त्यो सर्ब-जातीय सभा वा सरकारले गर्ने सबै निर्णयहरू सबैको लागि अत्यन्त सार्थक र बैज्ञानिक पनि हुने छन्।

(१६) कुनै पनि राजनैतिक पार्टीमा केहि जाती वा थरका केहि ब्यक्तिहरू मात्रै सधैँ सर्बेसर्बा हुने गरी आजीवन रहँदैनन् र आफ्नो ब्यक्तिगत वा पार्टीगत स्वार्थ अनुकूल कमजोर जातीय समुदायहरू मध्ये केहि जातीका ब्यक्तिहरू टिपेर केहि नास्ता वा भोजन सहित उपस्थित वा साँची राख्दा उनीहरू मक्ख पर्ने चलन पनि सधैँ सधैँको लागि समाप्त हुने छ।

(१७) सबै जातीको सबै भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत दमन र असमानताहरू सधैँ त्यहि सभा, सदन र सरकारबाट समाधान वा सम्बोधीत हुने भएकोले ती बिषयहरूमा अनेक माग राखेर सधै सडक जुलुस वा कसैलाई कहिले कहिल्यै पनि बिन्ति-पत्र बुझाइ रहनु पर्दैन।

(१८) यो सर्ब-जातीय बिधी धेरै नेताहरूलाई पनि नयाँ अथवा अनौठो लागेता पनि यो बिधी बुझ्न, बुझाउन र कार्यन्वयन गर्न गराउन समेत पनि कसैलाई गाह्रो पर्दैन।

(१९) यो सजिलो र छिटो हुन्छ, हरेक बिबादित बिषयहरूलाई छलफल, आपसी समझदारी अथवा त्यो सभा, सदन र सरकारभित्र मतदान गरेर पनि किनारा लाउन सकिन्छ।

(२०) अहिले उठिरहेको सबै आन्दोलनहरूलाई यो बिधी प्राप्तिको लक्ष्यतिर केन्द्रित गरेर जतिसक्दो चाँडो सबै वा अधिकाँश जातीय संघका तन्दुरूस्त कार्य-समितीहरूको भेलाले यसलाई अनुमोदन गराउन सकियो भने बाँकी जातीय सँस्थाहरूलाई पनि यसमा आबद्ध गरेर नेपालमा सबैभन्दा सहज, प्रभावकारी र बैज्ञानीक यो "सर्ब-जातीय बिधी" लागू गर्न सकिन्छ र त्यसले मात्रै नेपालको जातीय द्वन्द्वलाई युद्धको रूपमा परिणत हुन रोक्दछ।
Show less
2 photos