lunes, 25 de enero de 2016

कुन बार जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो

 10.7K 
  28  10.7K
साताका ७ दिनको अर्थ र प्रभाव फरक फरक मानिएको छ । जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ ।

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
week days birth meaning
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री 
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।
week days birth meaning 1
मंगलबारः 
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।
बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
week days birth meaning 2
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।
विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।
स्त्री 
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।
शुक्रबारः
पुरुष 
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।
स्त्री
शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

कुन समयमा जन्मिने मान्छेको स्वभाव कस्तो ?

 1396 
  5  1403
ज्योतिषशास्त्र अनुसार मानिसका जीवनमा जन्मने समयको ठुलो महत्व हुने गर्छ ।
Mangal-9-300x225
जन्मेका समयका आधारमा नै उसको भविष्यका सबै गतिविधिलाई ज्योतिषशास्त्रले एक एक गरी निर्धारण गर्ने गर्छ ।  ज्योतिषशास्त्र अनुसार २४ घण्टाभित्रको कुन समयमा जन्म भएको मानिसहरुको स्वभाव कस्तो हुन्छ पढ्नुहोस ।

१. बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरुको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टि परेमा सकारात्मक फलहरु प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।

२. बिहान ८–१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरु प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरु प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् ।

३. बिहान १०–१२, यो समय अवधिमा जन्म भएका मानिसहरु प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरुले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरु बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् ।

४. दिन १२–२, यस समय अवधिमा जन्म भएका मानसहरु प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरुको ३० वर्ष उमेरपछि भाग्योदय हुनेछ ।

५. दिन २–४, यस समय अवधिमा जन्म भएका मानिसहरु दीर्घायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरुलाई आफन्तहरुबाट निकै दुःख पाउने हुन्छन् ।

६. दिन ४–६, यो समय अवधिमा जन्म भएका मानिसहरु कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्ष उमेरपछि मात्र हुनेछ ।

७. साँझ ६–८, यस अवधिमा जन्म भएकाहरु दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाही बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।

८. रात्रि ८–१०, यो समय अवधिमा जन्म भएका मानिसहरु प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ ।

९. रात्रि १०–१२, यस समय अवधिका मानिसहरु बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरुले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।

१०. रात्रि १२–२, यस समय अवधिका मानिसहरु झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरुले बाबुको माया र पैतृक सम्पक्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२–३२ वर्षे उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निमार्ण गर्छन् ।

११. बिहान २–४, यस अवधिमा जन्मेकाहरु साहसी, पराक्रमी, तेजस्वी र मिठासपुर्ण बोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०–२५ वर्र्षे उमेरमा हुनेछ ।

१२. बिहान ४–६, यस समय अवधिमा जन्म भएका मानिसहरु प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरुलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् ।

कसरी जन्मिए शिव

 22 
  0  23
हिन्दु शास्त्र अनुसार शिवलाई संहारकर्ता भनिन्छ, ब्रह्मा सृष्टीकर्ता अनि विष्णु पालनकर्ता। शिवको तीन नेत्र छ, शरीर भरि खरानी धसेका, घाँटीमा सर्प अनि बस्नको लागि बाघको छाला। शिवलाई उनको रिसको कारणले पनि जानिन्छ। तपाईलाई थाहा छ शिवको जन्म कसरी भयो?
शिवको जन्मको पछाडी निकै रोचक कथा छ।
three eyed shivaएक दिन ब्रह्मा र विष्णु एकअर्कामा को शक्तिशाली भन्दै विवाद गर्दै थिए। त्यस्तैमा एउटा प्रज्वलित स्तम्भ प्रकट भयो। सजिव त्यो स्तम्भको जरा र हाँगा कहासम्म फैलिएको थाहा पाउन मुस्किल थियो। ब्रह्मा र विष्णु निकै उत्सुक हुँदै त्यो स्तम्भको जरा र हाँगा कहाँसम्म फैलिएको छ भनि खोज्न निस्किए। तत्कालै ब्रह्मा हाँसको रुप लिएर उड्दै उक्त स्तम्भको टुप्पो खोज्न निस्किए अनि विष्णु जमिन खोतल्न थाले रुप परिवर्तन गरेर।
Shiva bisnu and bramhaनिकै समयसम्म खोज्दा पनि न त टुप्पो नै फेला पर्यो न त त्यसको जरा नै। निकै लखतरान भएर ब्रह्मा र विष्णु पुनः पहिलेकै ठाँउमा फर्के। त्यस पश्चात शिव उक्त स्तम्भबाट प्रकट भए। अनि ब्रह्मा र विष्णुले चाल पाए कि ब्रह्माण्डमा अर्को तेस्रो ठुलो शक्ति पनि छ।
शिवको जीवनशैली
शिव साधारण देवता हैनन। निकै शक्तिशाली देवता भएकै कारण उनको भुमिका धेरै छ। संहारकर्ता भएकाले उनको रुप निकै डरलाग्दा पनि छन्। बरदान दिने सन्दर्भमा निकै उदार पनि छन् शिव। उनी आफ्नो समयको अधिकतम समय हिमालय क्षेत्रमा ध्यान गरेर बिताउँछन्।
ताण्डव नृत्य
shiva dance
शिवको नाच, ताण्डव नृत्य निकै प्रख्यात छ हिन्दु शास्त्रहरुमा। ताण्वड नृत्य सत्य र उपेक्षाको टकराव हो। यो नृत्यले शिवभक्तहरुबाट दुखः पार गराउँछ भन्ने विश्वास गरिन्छ।
संहारकर्ता नै रक्षक
shiva drinking poision
समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष पिएर शिवले संसार बचाएको कुरा धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ। विष पिए लगतै शिवको गला निलो भएको थियो। त्यसपछि उनको नाम निलकण्ठ पनि रहन गएको थियो।
shiva - gangaशिवले संसारलाई गरेका अर्को महत्वपुर्ण कार्यमा गंगालाई आफ्नो बसमा पार्नु पनि एक थियो। पहिले गंगा स्वर्गमा मात्र बग्दथिइन्, पृथ्वी सुख्खा अनि बाँझो थियो। एक सन्तले गंगाको धार परिवर्तन गर्न प्रयत्न गरे। यसको बदलामा गंगाले ठुला ठुला छालले झन् उपद्रो मच्चाउने डर भयो। तर त्यसैबखत शिव स्वर्ग र पृथ्वीको बिचमा आए अनि गंगालाई आफ्नो नियन्त्रणमा लिए। त्यसपश्चात गंगाको बहाव शिवले नियन्त्रण गरे। अनि पृथ्वीमा पनि गंगाजल बग्न थाल्यो।
यो पनि पढ्नुहोस्।
सोमबार शिवको ब्रत किन बसिन्छ?

आइन्स्टाइन र वेदः विज्ञान र धर्मग्रन्थको तथ्य

 3476 
  13  3490
आइन्स्टाइनले सापेक्षतावासको सिद्धान्त कसरी प्रतिपादन गरे?
ब्रह्माको आयु कति हुन्छ?
हिन्दु धर्म अनुसार सृष्टीकर्ता मानिने ब्रह्माको आयु उनकै १०० बर्ष हुन्छ। त्यस्तै पृथ्वीमा मानिसलाई १०० वर्ष उमेर दिइएको कुरा त विभिन्न पौराणिक कथाहरुमा सुन्दै आएको हो।bramha फरक के भयो त? ब्रह्मा र मानिसको उमेर त एउटै भएन र? तर ब्रह्माको १०० वर्ष उनकै समय अनुसारको १०० वर्ष हो जुन पृथ्वीको १०० वर्षको अवधि भन्दा लाखौ लाख वर्ष ठुलो हुन्छ।
पृथ्वीको वर्षसंग तुलना गर्ने हो भने ब्रह्माको १ दिन पृथ्वीमा १००० महायुग हुने विभिन्न पुराणहरुमा उल्लेख पाइन्छ।
१ दिव्य वर्ष‍ ३६० मानव वर्ष बराबर हुन्छ।
१ महायुगमा ४ युग हुन्छ।
सत्य युग ‍ १,४०० दिव्य वर्ष
त्रेता युग ३,६०० दिव्य वर्ष
द्वापर युग २,४०० दिव्य वर्ष
कलि युग १,२०० दिव्य वर्ष
१ महायुग ‍ १२,००० दिव्य वर्ष
अर्थात १२,००० दिव्य वर्ष = १२०००*३६० मानव वर्ष
१००० महायुग = १ कल्प = ब्रह्माको १ दिन
अर्थात ब्रह्माको १ दिन बित्दा पृथ्वीमा ४,३२०,०००,००० बर्ष बितिसकेको हुन्छ।
विज्ञानले के भन्छ?
सन् १८७९ मा जर्मनीमा जन्मेका अल्बर्ट आइन्स्टाइनलाई ‘अहिले सम्मकै बुद्धिमान’ मानिसको रुपमा बुझिन्छ। सन् १९२१ मा उनले प्रतिपादन गरेको ‘फोटोइलेक्ट्रिक इफेक्ट’ सिद्धान्तको लागि नोबेल पुरस्कार पाए। तर उनको बढी चर्चा भने पिण्ड-शक्ति समिकरण ( E = mc2 ) को लागि भयो।
अहिले भौतिकशात्रको खम्बाको रुपमा लिइने ‘सामान्य सापेक्षतावादको सिद्धान्त’ जब उनले सार्वजनिक गरे विश्वमा औलामा गन्न सकिने मानिसले मात्र बुझेको कथा अहिले पनि उस्तै छ। अझै पनि एकै पटकमा आइन्स्टाइनको यो सिद्धान्त बुझ्न गाह्रै हुन्छ।
Albert_Einstein_Headसापेक्षतावादको सिद्धान्त दुईवटा छ, एउटा विशेष अनि अर्को सामान्य।
सापेक्षतावादको सिद्धान्तले एउटा महत्वपुर्ण अर्को सिद्धान्त ‘टाइम डाइलेसन’को बारेमा जानकारी दिन्छ। ‘टाइम डाइलेसन’ले गति वा गुरुत्वबल अनुसार समयमा कसरी असर पर्छ भनि बताउँछ।
पृथ्वीबाट रेकेटमा बसी अन्तरिक्षमा गएका मानिसको समय हाम्रो भन्दा ढिलो चल्छ। अर्थात अन्तरिक्षमा लामो समय बिताएर पृथ्वीमा आएका अन्तरिक्षयात्रीको उमेर पृथ्वीको मानिसभन्दा कम बितेको हुन्छ।
सजिलो तरिकाले बुझ्दा हाम्रो एक सेकेन्ड भन्दा अन्तरिक्षमा गएका मानिसको एक सेकेन्ड लामो हुन्छ। तर हामीले अनुभव गर्दा १ सेकेन्ड जति लामो हुन्छ अन्तरिक्षमा गएका ती मानिसले पनि उनीहरुको १ सेकेन्ड सामान्य नै अनुभव गरेका हुन्छन्। तर जब उनीहरुले बिताएको समय त पृथ्वीमा बितेको समयको तुलना गरिन्छ, पृथ्वीको समय छिटो अनि अन्तरिक्षको समय ढिलो हुन्छ।
international space stationअन्तरराष्ट्रिय स्पेश स्टेशन पृथ्वीलाई परिक्रमा गरिरहने भु-उपग्रह हो। पृथ्वीबाट रकेटमा बसी यो स्टेसनसम्म जान सकिन्छ। यो भु-उपग्रहमा अन्तरिक्षयात्री अध्ययन तथा अनुसन्धान गर्न बस्ने गर्छन। ६ महिना त्यहाँ बस्ने मानिसको उमेर पृथ्वीमा बस्नेको भन्दा केही कम हुन्छ, अर्थात त्यहाँ समय ढिलो चल्छ। तर जम्मा ०.००५ सेकेन्डले मात्र ढिलो। यो भु-उपग्रह प्रतिसेकेन्ड ७.७ किलोमिटरको गतिले पृथ्वीको परिक्रमा गर्छ। यदि यो गति निकै धेरै हुने हो भने ‘टाइम डाइलेसन’ को असर पनि धेरै हुने गर्छ।
आइन्स्टानको अनुसार प्रकासको गतिमा यात्रा गर्ने हो भने समय रोकिन्छ। प्रकाशको गति २९९,७९२,४५८ मिटर प्रति सेकेन्ड हुन्छ। तर दुर्भाग, अहिलेको प्रविधिले प्रकाशको गतिमा यात्रा गर्नु असम्भव छ। तर आइन्सटाइनको यो सिद्धान्त धेरै पटक प्रमाणित गरिेसकिएको छ। प्रमाणित मात्र हैन यो सिद्धान्तको प्रयोग नै भइरहेको छ।
gps device‘जिपिएस’ (Global Posotioning System -GPS) को बारेमा त पक्कै सुन्नु भएको छ। तपाई पृथ्वीको कुन ठाँउ, अनि कति उचाइमा हुनुहुन्छ भनि बताउने एउटा उपकरण हुन्छ जसले अन्तरिक्षमा भएका स्याटेलाइटसंग सम्पर्क गरि पृथ्वीमा तपाई कुन ठाँउमा हुनुहुन्छ भनि बताइदिन्छ। ‘जिपिएस’ प्रणालीको लागि अन्तरिक्षमा भएका ती स्याटेलाईटले सहि समय मापन गरेको हुनुपर्छ। यदि आइन्स्टाइनको ‘टाइम डाइलेसन’ को सिद्धान्त प्रयोग गरि उक्त भु-उपग्रहको समय पृथ्वीसँग नमिलाउने हो भने प्रत्येक ६ महिनामा ०.००५ सेकेन्डको दरले समय फरक नापिन्छ जसले ‘जिपिएस’ प्रणाली पुरै काम नलाग्ने बन्छ।
तपाई छिटो गतिमा यात्रा गर्नुहुन्छ भने तपाईको समय स्थिर बस्नेको भन्दा ढिलो चल्छ। अर्थात ढिलो बुढो भइन्छ। त्यस्तैगरि धैरे गुरुत्वबल भएको ठाँउमा समय ढिलो चल्छ। अन्तरिक्ष केन्द्र(भु-उपग्रह) ७.७ किलोमिटर प्रतिसेकेन्डको गति घुम्दछ जसले गर्दा त्यहाँ समय ढिलो चल्छ। तर त्यहाँ गुरुत्वबल पनि कम हुन्छ अर्थात समय केही छिटो चल्छ। कम गुरुत्वबल भएको ठाँउमा समय छिटो चल्ने हुन्छ। त्यहाँ गुरुत्वबल केही कम त हुन्छ नै तर ‘उच्च गति’को प्रभाव ‘कम गुरुत्वबल’को भन्दा बढी हुन्छ। जसले उच्च गति हुँदाको प्रभाव बढी देखिन्छ, अर्थात समय ढिलो चल्छ।
light speedमानौ तपाई प्रकाशको गति समानको गतिमा यात्रा गर्दै हुनुहुन्छ। तपाईको समय ढिलो चल्छ र अन्यको समय तपाईको समयभन्दा छिटो चल्छ। तपाइ केही मिनेटमा त्यसरी यात्राबाट फर्कदा पृथ्वीमा केही दिन, हप्ता वा वर्षौ बितेको हुन सक्छ। २०७२ सालमा अत्यन्त छिटो गतिमा तपाई केवल ५ मिनेट यात्राको लागि उड्नु भयो। तपाई ५ मिनेट यात्रा गर्दा पृथ्वीमा २०७२ साल सकिएर २०७३ साल भइसक्ने छ। यसको अर्थ केबल ५ मिनेट यात्रा गरि फर्कदा तपाई १ वर्ष पछिको भविष्यमा जान सक्नु भयो। तर यसको लागि अत्यन्त छिटो गतिमा उड्ने विमानको आवश्यकता पर्छ।
अहिलेसम्मको रेकर्डमा मानवसहित सबैभन्दा बढी गतिमा उड्ने सक्ने विमानले ७,२५८ किलोमिटर प्रति घण्टाको रेकर्ड राखेको छ। यो गतिमा उडेर १ सेकेन्ड अगाडीको भविष्यमा जान्छु भन्नु पनि असम्भव छ। अब केबल प्रकाशको गति नजिक रहेर यात्रा गर्न सकिने प्रविधिको विकासको लागि समय कुर्नुनै पर्ने देखिन्छ। तपाई जति गतिमा यात्रा गर्नुहुन्छ त्यति नै बढी शक्ति उक्त गति कायम गर्नको लागि चाहिन्छ। प्रकाशको गतिमा यात्रा गर्न असिमिती शक्तिको जरुरत पर्दछ। यो शक्ति र गतिको गणित आइन्स्टाइनकै E = mc2समिकरणले दिन्छ।
तर कुनै यस्तो ग्रह जाँहा गुरुत्वबल निकै बढी छ, त्यहाँ गएर पृथ्वीमा फर्कन सकियो भने पनि केही समय अगाडीको भविष्यमा जान सकिन्छ। अब ब्रह्माको उमेर सम्झनुहोस्। मानिसको १०० वर्ष उमेर भएझै ब्रह्माको उमेर उनकै १०० वर्षको छ। ‘उनकै १००’ को अर्थ हुन्छ ब्रह्मा र मानिसको समय फरक फरक छ।
यी सबै तथ्य मिलाउदा यस्तो पनि भन्न सकिएला…
  •  कि त ब्रह्मा निकै गुरुत्वबल भएको ग्रहमा बस्छन्। जसले गर्दा उनले समय ढिलो चल्छ। अनि पृथ्वीको समय छिटो चल्छ।
  •  कि त ब्रह्मा निकै छिटो गतिमा यात्रा गर्दैछन्। जसले गर्दा उनको समय ढिलो चल्छ अनि पृथ्वीमा समय छिटो चल्छ। समय ढिलो चल्नुको अर्थ उनको १ दिनबराबर पृथ्वीमा हजारौ वर्ष बित्नेछ।
  •  ब्रह्मासँग जुन प्रविधि छ, त्यो निकै परिस्कृत छ। जुन समयदेखि ब्रह्माको बारेमा कथा लेखियो, धार्मिक ग्रन्थहरुमा मन्त्र लेखियो, सायद उनी त्यो बखत पृथ्वीमा आइपुगेका थिए। पृथ्वीका ऋषि-महर्षीहरुले ब्रह्माको स्तुतिलेखे। सायद त्यो बेला प्रविधिलाई शब्दमा भन्न असम्भव भयो।कहिल्यै नसोचेको अनि नदेखेको कुरा शब्दमा कसरी उतारुन। त्यसैले ब्रह्मालाई निकै ठुलो देवता मानियो। किनकी उनले अलौकिक काम गर्न सक्थे। आज पृथ्वीमा ब्रह्मा आएर तपाईलाई भेटेर गए। यदि उनीसंग अत्यन्त छिटो गतिको यान छ भने केही मिनेट वा घण्टाको यात्रा पछि ब्रह्मा फर्कदा तपाईको छोरा, नाति, वा पनाति भइसकेका हुनेछन्।
  •  कि भने आइन्स्टाइनको यो सिद्धान्त गलत हुनु पर्छ। तर यहि सिद्धान्तमा आधारित भएर विभिन्न उपकरण बनाइएका छन् जुन अहिले पनि प्रयोगमै छन र उपयोगि पनि छन्। अर्थात सिद्धान्त गलत छैन। कि आइन्स्टाइनले हिन्दु धर्मकै ग्रन्थहरुबाट समयको धारणा विकास गरेको हुनुपर्छ। एउटा धारणा विकास गरेपछि सोही धारणालाई गणितीय सुत्रबद्ध गरेका त हैनन आइन्स्टाइनले?
  • किन त आइन्स्टाइनले आफ्नै बुताले कल्पना गरि गणितिय सुत्रमा बाँधेका हुन्। आइन्स्टाइन बौद्धिक रुपमा कस्ता थिए भनिराख्नु पर्दैन। वेद त सदैव सत्य नै छ।
धार्मिक ग्रन्थको महत्व- तर ग्रन्थ बुझ्ने मानिस भएनन!
ऋग्वेदमा सूर्यको स्तुती गर्ने एक मन्त्र पढेर सायनाचार्यले एउटा अर्को मन्त्र लेखेका थिए, आज हैन पौराणिक कालमा।
तथा च स्मर्यते योजनानां सहस्त्रं द्वे द्वे शते द्वे च योजने एकेन निमिषार्धेन क्रम
माण नमोऽस्तुते॥
यो वाक्यमा “द्वे द्वे शते द्वे” को अर्थ हुन्छ, “२२०२” र “एकेन निमिषार्धेन” को अर्थ “आधा निमिष” हुन्छ । अर्थात सूर्यलाई स्तुति गर्दै यो भनिएको छ की, सूर्यबाट निस्केको प्रकाश आधा निमिषमा(झपकी/तत्काल) २२०२ योजन सम्मको यात्रा गर्छ|
आजको एकाई अनुसार, एक योजन बराबर ९ मील हुन्छ तथा एक निमिष बराबर १६/७५ अर्थात 0.213333333333333 सेकेन्ड हुन्छ|
२२०२ योजन = १९८१८ मील = ३१८९३.९७९३९२ कि.मी
आधा निमष = ०.१०६६६६६६६६६६६६ सेकेन्ड
अर्थात ०.१०६६६६६६६६६६६ सेकेन्डमा सुर्यको प्रकाश ३१८९३.९७९३९२ कि.मी यात्रा गर्छ।
अर्थान १ सेकेन्डमा सुर्यको प्रकाश २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड यात्रा गर्छ।
यसरी ऋग्वेदको मन्त्रलाई अंकमा बुझ्दा प्रकाशको गति २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड हुन आयो।
विज्ञान के भन्छ?
प्रकाशको गति २९९७९२४५८ मिटर प्रति सेकेन्ड हुन्छ अर्थात २९९७९२.४५८ किलोमिटर प्रतिसेकेन्ड हुन्छ। पहिलो पटक सन् १६७६ मा प्रकाशको गति मापन गरिएको थियो। हिन्दु धर्मको ऋग्वेद कति वर्ष पुरानो हो? ऋग्वेदमा र वैज्ञानिक प्रयोगमा प्रकाशको गति किन समान हुन आयो? वेदमा के छ? अहिलेका वेद ज्ञाता भनिने पुरुषलाई गएर सोधौं, के हो वेद? संस्कृतका स्लोकले भरिएको पवित्र मानिने धर्मग्रन्थमात्र हो की अरु पनि केही छ वेदमा?
‘वेद जति पश्चिमाले लगे, उनीहरुको देश विकास गरिसके’, वेद र प्रविधिको कुरा आउदा हामीले भन्ने गरेका वाक्य हो यो। वेद अनि हिन्दु धर्मका पुराना ग्रन्थहरु निकै हजार वर्षसम्म पुराना छन्। अर्थात धेरै वर्ष पुरानो इतिहास अनि पहिल्यै जानिसकिएका तथ्यहरु छन् धार्मिक ग्रन्थमा। केवल संस्कृतका स्लोक रट्दैमा स्वर्ग पुगिन्छ भन्नेले नै यी धार्मिक ग्रन्थको अवमुल्यन गर्दैछन्। यो त एक ज्ञान दिने पुस्तक हो। ती संस्कृतका शब्द पुराना भए तर अर्थ पुरानो भएको छैन। अहिलेको बुझ्ने शब्दमा ती श्लोकहरु बुझ्न जरुरी छ। ‘नभए चीज हामीसंग थियो, प्रयोग गर्न जानेनौ अहिले यस्तो हालत भयो’ भन्ने स्थिति नआओस।
यो पनि पढ्नुहोस्।

बाइबलमा निषेध गरिएको १० कुरा जुन मानिसले गर्न कुनै संकोच मान्दैनन्

 385 
  27  412
बोनिस कोेईराला
बाइबल ईसाई धर्मको धार्मिक ग्रन्थ हुनको साथै सर्वाधिक पढिने किताब पनि हो। विश्वभरीका ईसाईहरुले यो किताबमा लेखिएका हरेक बुँदाहरुलाई आफ्नो जिवनमा नैतिकता र विश्वासको बाटो देखाउने मार्गदर्शकको रुपमा लिन्छन्। तर बाइबलमा कुनै यस्ता बुँदाहरु पनि छन् जसको पालना आजको आधुनिक संसारमा उपयुक्त छैन।
संसारमा बाइबलका विभिन्न संस्करणहरु पाइन्छन्। बाइबलको उपशीर्ष अनुसार बाइबललाई लेभिटिकस (leviticus), कोरिनथियन्स (corinthians), प्रोभर्ब्स (proverbs) जस्तो धेरै किताबहरुमा बिभाजन गरिएको छ। बाइबललाई धेरै पटक संशोधन र सम्पादन गरिएको छ, जसको कारण बाइबलका धेरै किताबहरु बनेको हो। बाइबलका सबै किताबहरुको संस्करण अवलोकन गर्दा यिनीहरुमा केहि बुँदाहरु यस्तो पनि हुन सक्छन् जुन एकआपससँग जुध्न सक्छन्। तर सबै बाइबलको मुख्य पाठ भने एउटै रहेको छ।
५ बिलियन भन्दा बढि बिक्री भइसकेको बाइबल संसारकै सबैभन्दा सर्वाधिक बिक्रि हुने पुस्तकमा पर्छ। यि किताब वार्षिक करिब १०० मिलियन प्रति बिक्री हुने गर्छ।  पश्चिमी देश जस्तै अमरिका, फ्रान्स, बेलायतमा साहित्य र ईतिहासमा बाइबलको ठुलो प्रभाव रहेको छ।
समयसंगै बाइबलमा भनिएका केही उपदेशहरु भने कथा भइसकेको छ। समय अनुसार मिलाउन बाइबलको संसोधन गरिदै आएको भएपनि कतिपय यस्ता बुँदाहरु भने अझै बाइबलमा छन्। पुराना बाइबलमा भएका केही बुँदाहरु भने केही प्रकाशकले संसोधन गरि प्रकाशित गरेको पनि पाइन्छ। केही त्यस्ता विवादित बुँदाहरुले निकै अप्ठ्यारो स्थिति पनि पैदा गरेको बताइने गरेको छ। केही पुराना अनि केही नयाँ बाइबलका संस्करणमा निशेष गरिएका १० कुरा यस्ता छन्।
१. बोसो र रगत खान हुन्नthings forbidden in the bible (1)
लेविटिकस(Leviticus) ३:१७ भन्छ, “कुनै पनि व्यक्ति र उसको सन्तानहरुलाई यो नियम सधैँ लागु हुनेछ। यस धर्तिमा रहेसम्म बोसो र रगतको सेवन उसले गर्ने छैन”
मासु खानेहरु मध्ये बोसो खानु कुनै नौलो कुरा हैन। तर मासु नखानेहरुले पनि जानि नजानि बोसो सेवन गरिरहेका हुन्छन्। डेरि उत्पादन जस्तै दुध, दहि सबैले खान्छन्। यि उत्पादनहरुमा केहि मात्रामा बोसो(fats) पनि रहेको हुन्छ।
२. धोका दिने जिवनसाथीलाई छोड्न पाईन्न
things forbidden in the bible (3)१ कोरिनथियन्स(Corinthians) ७:१०-११ भन्छ, “बिहे गर्नेहरुलाई प्रभुको यो आदेश छ, श्रीमान श्रीमतीले एक अर्कालाई छोड्न पाइनेछैन (छोडेको अवस्थामा कि जिवनभरी अविवाहित बस्नु पर्छ कि जिवनसाथीसँग पुनःमिलन हुनुपर्छ)।”
अर्थात तपाईँको जिवनसाथीले जसतोसुकै धोका वा अत्याचार दिए पनि सबै सहेर आफ्नो विहेको मान राख्न पर्छ। तर सबैभन्दा बढी पारपाचुके गर्ने पश्चिमी देशहरुमा भने क्रिस्चियनको बाहुल्यता बढी रहेको छ।
३. कपाल र दाह्रीका छेऊ भाग छाट्न हुन्न
things forbidden in the bible (4)लेविटिकस १९:२७ भन्छ “कपालको छेउको भाग कुनै पनि शैलीमा छाट्न हुन्न न त दाह्री नै छाट्न हुन्छ”
यसको मतलब काट्ने नै हो भने कि त पुरै काट्नु पर्छ कि त पुरै छोड्न पर्छ। आजकालको जस्तो कपालको छेउमा काटेर बिभिन्न शैलीमा परिणत गर्नु वा दाह्रीलाई पनि छाटेर ‘गोटी'(goatee) अथवा जुँगा मात्र राख्ने काम बाबलले निशेध गरेको छ। हो।
४. शनिबार काम गर्न हुन्न
things forbidden in the bible (5)एक्जोडस ३१:१४-१५ भन्छ ” हप्तामा एक दिन आराम गर्नु धार्मिक हो, यस नियमको उल्लंघन गर्नेलाई मृत्युदण्ड हुनेछ। हप्तामा एक दिन पनि आराम नगर्ने आफ्नो समुहबाट छुट्टिने छ। ६ दिन काममा व्यस्त हुनेले सातौँ दिन आराममा बिताउने छ।”
हुनपनि यो कुरा साँचो नै हो। मानसिक र शारीरिक हिसाबले पनि मानिसले हप्ताको एक दिन बिदा लिनै पर्छ। काम नभएका हरुलाई यो खुसिको खबर हुन सक्छ तर एक दिन पनि बिदा नलिनेहरु यस अनुसार पक्कै नर्कमा पुग्नेछन्।
५. मानिसले केवल एक किसिमको कपडामात्र प्रयोग गर्नुपर्नेछ
खेलाडी 'क्रिस्टियानो रोनाल्डो' कट्टनको जर्सी मात्र लगाउछन्।
खेलाडी ‘क्रिस्टियानो रोनाल्डो’ कट्टनको जर्सी मात्र लगाउछन्।
लेभिटिकस १९:१९ भन्छ ” मेरो नियम पालन हुनेछ। कुनै मानिसले एकैसाथ दुई वा बढि प्रकारको जनावरको गोठ राख्ने छैन, एउटै जमिनमा दुई वा बढि प्रकारको बीउ रोप्ने छैन, एकै शरिरमा दुई वा बढि कपडाको प्रकार लगाउने छैन”
आजको संसारमा फेशनलाई निकै महत्त्वपुर्ण रुपमा लिईन्छ। यहि फेशनको कारण शरिरमा लगाउने लुगा एक भन्दा बढी प्रकारको हुन जान्छ।
६. बिहे अगाडि यौन कार्य गर्नु हुन्न
things forbidden in the bible (2)यसको टिप्पणी एकमात्र हैन, बाइबलभरी धेरै बुँदाहरुमा गरिएको छ। बाइबलभरी धेरै बुँदाहरुले यहि कुरालाई बिभिन्न तरिकाले प्रस्तुत गर्छन कि बिहे अगाडि यौन कार्यमा संलग्न हुनु पाप हो।
७. समलिंगी हुनुहुन्न
things forbidden in the bible (7)लेभिटिकस १८:२२ भन्छ, “आफ्नै लिङ्गको व्यक्तिसँग यौन ईच्छा राख्नु हुन्न। यस्तो कार्य केवल घृणाको मात्र काबिल छ।”
क्रिस्चियनको बाहुल्याता रहेको देश अमेरिकाले केहि महिना अघि समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ। बाइबलका केही पुराना संस्करणमा भने यस्तो लेखिएक छैन। पटक पटक संसोधन गर्दा केही प्रकाशकहरुले परिवर्तन गरि यस्तो बुँदा थपिदिएको बताउने पनि गरिन्छ।
८. अत्याधिक खानु पाप हो
things forbidden in the bible (9)प्रोभर्ब्स २३:२ भन्छ, “आफुलाई खानको प्रलोभनमा डुबाउनेहरुले आफ्नो घाँटीमा छुरि रोपे हुन्छ।”
यहाँ भनेझैँ कसैले सिधै घाँटीमा छुरि त रोप्दैनन्। तर विश्वभरीबाट हरेक वर्ष मोटोपनाले हुने विभिन्न रोगबाट मर्नेको संख्या भने धेरै छ।
९. अर्काको कुरा काट्नुहुन्न
things forbidden in the bible (8)लेभिटिकस १९:१६ भन्छ, ” कसैले एक व्यक्तिको उन्नति, कुकार्य जस्तो विषयमा अरुसँग कुरा काट्दै हिँड्ने छैन। न त कसैले छिमेकीको दुखःमा हात पुर्याउने छ। यो प्रभुको आदेश हो।”
कुरा काट्ने प्रवृति नराम्रो हो। ‘एक कान दुई कान मैदान’ भनेझैँ एउटै कुरा फैलिँदै गइ फरक फरक रुपमा बिभिन्न मानिसको कानमा पुग्न सक्छ। कुनै कुरा मानिसको निकै व्यक्तिगत पनि हुन सक्छ। यहि कारण कसैको बारेमा केहि कुरा राम्रो लागेन भने उसको अगाडि नै गएर उसलाई भन्नुपर्छ। अरुको अगाडी गएर कुरा काट्नु कदापि राम्रो होइन।
१०. शरिरमा ट्याटु बनाउनुहुन्न
things forbidden in the bible (10)लेभिटिकस १९:२८ भन्छ, ” मर्नेको लागी कसलै आफ्नो शरिरको भाग काट्ने छैन। न त शरिरमा चित्र बनाउने छ। यो प्रभुको आदेश हो।”
संगितमा समर्पण भएर होस वा कसैको सम्झनामा होस, शरिरमा ट्याटु बनाएर चित्र कोर्ने प्रथा आजकाल निकै चलिरहेको छ। मेटेर जान्छ भने ठिक छ तर सधैको लागी रहिरहने ट्याटु राख्नु बाइबलको अनुसार पाप हो।