jueves, 14 de abril de 2016

चाम्लिङ भाषा ।


‘इमिना’ त्याल्लामो रुङ्मास्या तिरे— ‘कैवा छैदिङासिमेको मिना’ । ओस्यो मिनियेपा ओकोपामो रुङ्मास्या ओरु पुनि तिरे रछै । इतो खारुखीम्दा द्यै खारु ल्योमालै लाबोला इदिमेको हिङे नाखोँ मिनाची मिरुङे, ‘त्योडा इमिना हिङेनाखोँ चैँ हैदा ङो खारु कामे’ । कैवा छैदिङासिमेको ठसुङ्दा इतो ख्रिम्खाखीम् मुमालै मिनाचीवा ‘ऐठोलो’ खारुतिम् पामे हेमाका इखीम्दा मितायेनाखोँ खीम्दाकोची ‘इमिनाची ङो रछै, त्योसोनो केभा साप्लो इमातिरे’ मिरुङे । इक्पोँवा ओर्कोलै पाछैदेङासेको हाका म्खाल्दाको वालालीची म्हुमा मिलामेनाखोँ इतो म्खाल्दाको वालालीमो म्मा म्छामो नाब्रोदा ‘त्योकोचीलै चैम्हा इसे कुन्यौ, खुची ना इमिनाची बो !’ रुङ्सा सिफेला मुयो ।
ओडानाका छैदिमे,  ‘इमिना’ त्याल्ला झारालै इस्खाल्यो । इमिनानाका इमो खारु कामे, इमिनालै ओरुची भुन्दा केभा सेम्तुदिमे हेमाका इमिनाचीङो पाखियुङ्मे । फ्लोलिमा तिरेपा इमिनाचीवा ङो कैलै पाफ्लोदिये, ऐनानाखोँ कै द्युखा त्योकुमे । इमिनामिनुङ् लैमा ङो छ्युसे । इमिनाची ना इमो फ्लोपामी हेमाका खाम्बामीची रछै ।
‘इमिनालै देलै द्युखा पातिरैँने !’ ह्युङ्सिये कै । धिलाम्मो इतो ठसुङ्दा मोटरसाइकल ध्यापा मिनाची खौवामी मितिराको त्योकुमे नाखोँ कै ‘इमिनालै ङो द्यै द्युखा तिरा बो ?’ ह्युङ्सा ओस्यो खाङुमे । ओस्को रुङ् मत्तै एनिमे नाखोँ ‘खौवामीमो नुङ् चैँ दे रछै ?’ रुङ्सा सेनिमे । हुनु ना ओस्को द्युखादा झारालै सेम्तुमा तिरे नाखै इमिनाची खौवामी पातिरुन्चैँने बा पास्युन्चैँने ह्युङ्सिमे । ओरु खौवामीचीलै खोँपा–सेम्तुपाची ओरु पुनि मितिरे । खारेलादा वालालीची फुटबल खेल्बामिलायेङासेपा ‘इमिनाचीवा दुङ्मिबैदिचिने नाखोँ न्याकोम्’ ह्युङ्सिमे ।
इमिनाची रुङ्माको इमो खाम्बामी पुनि मितिरे । इमो लेखारुदा वापाको द्युखाची ले ङो ले केभा मिताये । ओस्को द्युखाचीनाका लैमा इतोयाँवा मितोमा पुनि चाप्यो । ओस्कोदा कैलै खैँन्याको खाम्बा इपा चाइभाले । त्योसोनो केभासो खारुखीम्चीवा हेमाका नाल्लुपाचीवा केभा साप्लो छ्योर्सा कानुनी खाम्बामी पाङासे ।
वापाको ठसुङ्दा ना कैलै हैदा–हैदा ङो खाम्बामी चाइभाले ।
छाचामाचीमो किमिना रुङ्माको म्पाम्माची ङो । खुची टोरोँपा–टोरोँमा, वालाली–क्लामै मितिरेलो खुचीलै खाम्बामी चाइभाले । पिछादा हानाम्रा दुङ् छुदियेलो खाम्बामी चाइभाले । छाचामाची नाम्रा दुङ्नाका ङो खुचीलै कसैपा द्यै खाम्बा इमा पातिरैँ सो मिङाले । खुचीलै पिछा छ्युसेको खाम्बा इदिमेपा बुल्मा मिचापे । ओस्कोदा बुल्मा खुचीमो म्हैपा फ्लुइँमो तिरे । ओस्को दुङ्दाको मिनाची वा होलाको बोखामासोको मितिरे । त्योकोलै खेप्लो, लुम्बू बा वा दुङ्खा दे नाखै मुमा चापुमे । ओस्कोदा खुचीवा किमिनामो खाम्बा न्योलो क्रोँसा वारुङ् तोयाँमी तुर्मातिरे ।
इतो ह्युङ्मानाका ना हैकामादाको झारा मिनाची इमिना ङो । झारामो इकुङ्बुलिम्, इसो हेमाका हिमो, झारापा चामास्या ङो पाचाये, इक्पोँवा ओर्कोलै चैध्योपा चैलिपालै त्युके, प्रैध्योपा प्रैलिपामो म्कुङ् चाइसे । चामा हेमाका दुङ्मा पात्योकुमेपा लैमा छ्युसे ।
आल्से ना ओसो रुङियेनो मत्तै पाकोलैँ । मिनाची हाका ह्युङ्मा ङैपाची मितिराखाताको हिङे— निमिनाची हेमाका इसामिनाची । निमिनाची मत्तै इमिना मितिरे, इसामिनाची ना पातिरुन्चैँ । इसामिनामो किमिना चैँ इसामिनाची ङो मितिरे । इक्पोँ इसामिनावा ओर्को इसामिनालै ‘इमिना’ रुङे ।
इमिनावा कैलै वारुङ् द्युखा पातिरैँको दिम्ची पाचैँदिये । खुचीवा मिरुङाको इतो–इतो खाम्बा न्योलो क्रोँसियेनाखोँ वारुङ् लैमा चान्यो । खुचीवा ‘मुमा न्यो’ मिरुङाको खारुची क्रोँसा ‘मुमा इसे’ मिरुङाको खारुची मुमा इसे ङो । ऐनानाखोँ कैलै छ्युसे । उदाहरणलै— इमिनाचीवा कैलै ‘बासनची स्यु’ मिरुङेपा कैवा स्युमातिरे । बासनची स्युङासिमेपा कै त्योको खारु लेसिमे । वारुङ् कै वापाको ठसुङ्दा पुसि, वैनीचीदाहोँ इतो छोदिखादा हिङिका नी ! त्योस्पा वापोँ चैँ खुचीवा हेमाका नाम्दुङ् चै कैका बासन स्युमा नियम हिङे नी ! कैवा बासनची न्योलो स्युङुमे नाखोँ खुचीलै किस्खाल्यो । खैँसेलो स्युम्मे नाखोँ बा पास्युम्मे नाखोँ मिबुले । त्योस्कोदा कैवा ‘काँ ना बासनची पास्युनै’ रुङ्मा पाकामै । ऐटा इमिनावा सोको चान्योलो ‘बासनची स्यु खाँ !’ पारुङुन्चैँ खुचीवा । ‘खाना स्युमा ताचापैँ नाखोँ खामो पापावा स्योयो ठोलो ?’ रुङ्सा पा¥हैकिये बो ।
मिनाची म्हैपा जागिर चापाची हेमाका म्हैपा नाल्लुपाचीटोँडा छैलिमा मिलामे । त्योसो तिरेनाखोँ खुचीनाका मिनाची मिकुर्से बा खुचीलै छेङ्मा पाचापुन्चैँ । नाल्लुपाचीङो छैलिसा किकुङ्बुलिम्लै कसैनाका कुर्मा पातिरैँको मुमालै पुनि मिनाची राजनीति पामे । म्हैपा मिनाचीलै छैपाचीनाका मिनाचीवा केभा तोमारीची पुनि पात्योके । इमिना पाइना नाखोँ कसैपा कैलै लेखापामैदुन्चैँ रुङ्मा चापुमे ।
दोसोम्सा केभा मिनाचीटोँडा छैलिसा ‘किमिना’ तुर्मा ? रुङ्मापा— वापाको केभा मिनाचीलै वैनी मुमातिरे, तिपियेपा दैँमा हेमाका फ्लोमा–फ्लोलिमा तिरे । इतो काम्खातिम्वा चाप्योलो केभा मिनाचीलै म्फ्लोसामी मुमालाम्योको सोको कैवा छैदिमेको मिनाचीमो ख्रिम् पोर्मैसा पुङ्मातिरे । देनो रुङ्मापा— मिना ना मिनाखादा युङ्पा तिरे । देम्नो ङो ‘काँलै कसै मिना चाइभापालैँ, सोइलै द्यै द्युखा पाइनैँ, आख्लापोँ आफिलुदा ह्रेपैँ’ रुङियेनाखै इख्लापोँ लैमा ना पाचापुमे ।
साभार : गोरखापत्र, पुष ३ गते २०७१

आदिवासी भाषामा ठाउँको नाम : कसरी राखिएको छ ? कसरी मासिँदै छ ?

१. विषयको उठान
ग्रीक शब्द topos र onyme को गठजोडबाट toponyme भएको देखिन्छ । topos को अर्थ स्थान र onyme को अर्थ नाम हो भने समुच्चय रुपमा toponyme लाई स्थाननामको रुपमा लिइन्छ । साथै खोलानाला आदिका नाम बुझाउनका लागि hydronmyme शब्द पनि प्रयोग भएको पाइन्छ । कुनै पनि भूगोलमा रहेको स्थाननाम toponyme या जलनाम hydronmyme ले त्यस ठाउँको ऐतिहासिक, सांस्कृतिक एवम् सामाजिक पहिचान बोकेको हुन्छ । स्थाननाम राख्ने काम स्थानीय जनता या आदिवासीहरूले गर्दछन् र त्यो उनीहरूको आफ्नै भाषामा हुने गर्दछ । तर विश्वमै भाषिक साम्राज्यवादीहरूले कुनै पनि स्थानीय र खासगरी आदिवासीहरूको पहिचान नै नामेट पार्ने गरी स्थाननामलाई आफूअनुकूल बनाउने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् ।
स्थाननाम राख्ने काम स्थानीय जनता या आदिवासीहरूले गर्दछन् र त्यो उनीहरूको आफ्नै भाषामा हुने गर्दछ । तर विश्वमै भाषिक साम्राज्यवादीहरूले कुनै पनि स्थानीय र खासगरी आदिवासीहरूको पहिचान नै नामेट पार्ने गरी स्थाननामलाई आफूअनुकूल बनाउने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् ।
नेपालमा रहेका प्राचीन सभ्यताहरूमध्ये किरात पनि एक हो । मूलत: किरात शब्दले ऐतिहासिक रुपमा ओल्लो, माझ र पल्लोलाई जनाउने गरेको भए पनि पंचायतकालीन राजा महेन्द्रले पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लाको रूपमा विखण्डन गरिदियो । यो एक भाषा खस नेपाली र एक धर्म हिन्दूको द्योतक थियो । तर अहिले संविधानले नै मुलुकलाई ७ वटा प्रदेशमा पुर्नसंचना गरेपछि नामांकरणको विषयमा बहस सुरु भएको छ । प्रदेशको नाम मात्र होइन, स्थानीय निकायलगायत स–साना प्रशासनीक इकाइका नामहरूमा पनि बहस गर्नु पर्ने देखिएको छ । यसै सन्दर्भमा किरात क्षेत्रमा रहेका स्थाननामको प्रतिनिधि मूलक ढंगले अध्ययन गरिनुका साथै अपभ्रंश कसरी भएको छ भन्ने कुराको सांकेतिक लेख हो ।
२. स्थाननामको वर्गीकरण
किरात क्षेत्रमा रहेका स्थाननाम मूलभूत रूपमा स्थल र जलनाम गरी दुई तरिकाले विभाजन गरेर अध्ययन गर्न सकिन्छ जसलाई तालिका १ मा प्रस्तुत गरिएको छ ।
toponymes-table-1
३. स्थलनाम
क) गाउँ या टोल
किराती भाषामा टोल या गाउँ प्रत्यय लागेर आएका स्थान नामहरू छन् । माइकलोभस्की (१९९४:७१) ले गाउँ ठाउँ र टोलका लागि किराती माउ शब्द (proto-form) का रूपमा ८देल लाई मानेका छन् भने म्याटिसप (१९७२ : ६७३)ले ८द्याल ञ् त्याल लाई माउ शब्द (proto-form) मानेका छन् । दुमी, कोयी र साम्पाङले देल ‘टोल या गाउँ’ प्रयोग गरेको देखिन्छ । तर कुलुङ र चाम्लिङ आदिले चाहिँ ?–तेल‘टोल या गाउँ’ प्रयोग गर्दछन् । भाषावैज्ञानिक रूपमा हेर्दा ?–तेल हुँदै ? –देल अर्थात् तेल बाट देल बनेको देखिन्छ । भाषावैज्ञानिक हिसाबले  बाट नै  बन्दछ र स्वभविक प्रकृया हो किनभने यी दुवै ध्वनीको उच्चारण स्थान (place of articulation) एकै हुन् ।
तर केही अन्य तेन/टेन जस्ता प्रत्ययहरू पनि आएका छन् । बान्तावाले तेन प्रयोग गर्दछ भने दुङमालीले टेन प्रयोग गर्दछन् । बान्तवामा प्रयोग भएको शुरूको दन्त्य ध्वनी (dental) र दुङमालीमा प्रयोग भएको शुरूको वर्त्स्य ध्वनी (alveolar) का बीच सम्बन्ध नजिकको देखिन्छ । किनभने यी दुवैलाई हेर्दा एकअर्काबीच सहजात (cognates) का रूपमा आएका छन् । तालिका १ सँगै केही उदाहरणहरू पनि हेरौं ।
toponymes-table-2
तालिका नं. १ मा प्रस्तुत गरिएका तालिकामा हेर्दा दुमी, कोयी, साम्पाङ र नाछिरिङले गाउँ या टोलका निम्ति देल – द्याल प्रयोग गरेको देखिन्छ । माउ शब्द (proto-form) देल कै रूपमा आएका छन् । केही उदाहरण हेरौं : १) दुमी भाषामा रहेको क) खोप्पादेल : खोप्पा ‘घाम हत्तपत्त नलाग्ने ठाउँ’ + देल ‘गाउँ’ ख) मालदेल : माल ‘जग्गाको आधिकारिक काम गर्ने कार्यालय + देल ‘गाउँ’ ग) कुमदेल्—कुम् ‘खरीढुङ्गा’ + देल् ‘गाउँ’ हुँदै तुर्खा भएको खरी ढुङ्गा प्रशस्त पाइने भएकाले यस ठाउँको नाम खरीगाउँ अर्थात् कुमदेल भनिएको पाइन्छ । घ) कादेल— कावा ‘खोला’ + देल ‘गाउँ’ २) कोयी भाषामा रहेको क) सोदेल – सुङ्देल : स ‘दाउरा’ + देल् ‘गाउँ’ ख) बलमदेल : बलम् ‘आत्मा रहने’ + देल् ‘ठाउँ ’ ३) नाछिरिङ भाषा १) बाङ्देल : बा (ङ) ‘?’ + देल् ‘गाउँ’ । थुलुङ भाषामा ङ) स्युम्देल : स्युम् ‘पुरानो’ + देल ‘गाउँ’ – पुरानो गाउँ ।
लिम्बु भाषामा नै रहेको तक्निवा भनिने स्थानका नाम पछि राणा शासकका तालुकदारले तिब्बतसँग ब्यापार गर्दा ओलाङचुङगोला जाने आउने गर्दा एक दिन हात्ति लडेर मरेपछि हात्तिलेङे भन्न थालिएको पाइन्छ । यसले के दृष्टान्त दिन्छ भने साना–साना प्रशासनिक इकाईहरूलाई पनि हिन्दूकृत गर्दै लगिएको छ जुन ज्वलन्त अतिक्रमण र नाङ्गो हस्तक्षेप हो ।
त्यसैगरी दुङ्मालीले टोल या गाउँ प्रत्ययका निम्ति टेन प्रयोग गरेको देखिन्छ भने वान्तवाले तेन प्रयोग गरेको देखिन्छ । केही उदाहरण हेर्न सकिन्छ, जस्तै दुङ्मालीले क)वाक्टेन : वाक् ‘खन्नु’+ टेन ‘टोल या गाउँ’ जसको अर्थ ‘खनिएको गाउँ या खनेर बनाइएको गाउँ’ ख) याङसाङटेन : याङसाङ ‘चिलाउनेको रूख’ + टेन ‘टोल या गाउँ’ जसको चिलाउनेको रूख भएको गाउँ भन्ने लाग्दछ । बान्तवाले क) थुलुतेन : थुलु ‘एक थरी राई’ + तेन ‘गाउँ’ – थुलुङ राई जाति बस्ने ठाउँ ख) दितेनी – धितेन धि ‘ठूलो’+तेन ‘गाउँ’ – ठूलो ढुङ्गा भएको गाउँ ।
ख) बाटो या मार्ग
बेनेडिक्ट (१९७२ : २१८)ले माउ शब्द (proto-form) का रूपमा ८लाम लाई मानेका छन् । किराती भाषामा ८ल्याम ञ् लाम आदि बाटोका निम्ति प्रयोग भएको देखिन्छ जुन माउ शब्द (proto-form) कै रूपमा प्रयोग भएको देखिन्छ । उदाहरणका निम्ति चाम्लिङ, दुङमाली, दुमी, कोयी र साम्पाङमा देखिन्छ । आङदेम्बे (२०६९ : ५२)ले लिम्बुले पनि बाटोका लािग लाम नै प्रयोग हुने बताएका छन् । तालिका २ ले बाटो या मार्गका निमित्त आएको प्रत्ययका रूपमा देखाएको छ ।
toponymes-table-3
खलिङले क) लोल्याम् : लो ‘?’ + ल्याम ‘बाटो’ ख) ल्याम्चना : ल्याम ‘बाटो’+चना ‘मुनि’ ग) खिस्केलाम्ः खिस्के ‘ चोर हिँड्ने’ + ल्याम ‘बाटो’ क) पुर्नेल्याम : पुर्ने ‘?’ + ल्याम ‘बाटो’ भनेर प्रयोग गरेको देखिन्छ । त्यसैगरी दुङमालीले क) पित्लाम : पित ‘गाइ’ +लाम ‘बाटो’–गाई हिंड्ने बाटो । बान्तवाले क) वाक्लाम —वाक् ‘सुगूर’ लाम् ‘हिँड्ने बाटो’ आदि प्रयोग गरेको देखिन्छ ।
घ) घर
किराती भाषामा घर बुझाउने शब्द किम या खिम प्रयोग गरेको देखिन्छ । बेनेडिक्ट (१९७२ : २१८) ले घर शब्द जनाउने माउ शब्द (proto-form) ८किम लाई पुर्नसंरचना (reconstruction) गरेका छन् । अर्कातिर म्याटिसप (२००३ : ५९८) ले ८कियीम ञ् क्युम भनी माउ शब्द (proto-form) मानेका छन् । धेरै जसो किराती भाषामा घर जनाउने शब्द किम नै प्रयोग भएको देखिन्छ भने प्राणत्व (aspiration) को प्रकृयाले खिम पनि भएको देखिन्छ । भाषाविज्ञानको नियमअनुसार किमबाट खिम बन्ने प्रकृया स्वभविक मानिन्छ । किम शब्दबाटै खिम भएको हो । केही उदाहरणहरू हेरौं ।
toponymes-table-4
बान्तवा लुङखिम : लुङ ‘ढुङ्गा’ + खिम ‘घर’ – ढुङ्गा भएको घर । ग) लुङकवा : लुङ ‘ढुङ्गा’ + कुवा ‘पानी आउने ख) बालाङखिम बालाङ ‘गारो’ + खिम ‘घर’ – गारै गारो भएको घर । ग) हाङखिम हाङ ‘गारो’ + खिम ‘घर’ (राजाको घर वा दरबार स्थित गाउँ भएकोले यस ठाउँको नाम हाङखिम टेन(टोल, गाउँ) रहन गएको हो ।)
थुलुङले लोखिम : लो ‘पाहा’ + खिम ‘घर’ – पाहा पाउने ठाउँ । (आहान : एक भनाइअनुसार राम्लीहाङ राजाको छोरा अन्तरे जुभू गएको भए पनि पछि फर्केर आई पाहा पाइने ठाउँमा बसेकोले पाहा पाउने ठाउँलाई लोखिम भन्ने गरिएको लोकोक्ति छ । तर थुलुङहरूले खिम लाई घर नभनी नेम भन्ने गरेका छन् ।)
घ) ढुङ्गा
प्रायः जसो किराती भाषामा ढुङ्गा बुझाउने शब्द लुङ नै प्रयोग भएको देखिन्छ । त्यसो त म्याटिसप (२००३ : ६२०) ले ढुङ्गाको माउ शब्द (proto-form)लाई ८लुक ञ्लुङलाई बताएका छन् । केही उदाहरण तल हेरौं ।
toponymes-table-5
साम्पाङ क) सारालुङ – सालुङ (सारालुङबाट सालुङ भएको) ख) सा ‘मासु’ + लुङ ‘ढुङ्गा’–मासु काट्ने ढुङ्गा । ग) दँमालु दँमा ‘अडेसो’ + लुङ ‘ढुङ्गा’ – अडेसो लाग्ने ठाउँ । घ) खकलुङ खक ‘?’ + लुङ ‘ढुङ्गा’ घ) साम्फलुङ साम्फ ‘? ’ + लुङ ‘ढुङ्गा’ क)लेवालुङ लेवा ‘पितृ देवता’ + लुङ ‘ढुङ्गा’– पितृढुङ्गा भएको ठाउँ । त्र) दिमालुङ : दिमा ‘बज्यै’ + लुङ ‘ढुङ्गा’ – बज्यै ढङ्गा ।
खालिङले क) लुङथुङ : लुङ ‘ढुङ्गा’ + थुङ्मा ‘गाड्नु’ –ढुङ्गा गाडिएको ठाउँ । ख) लुङ प्रत्यय लागेका केही नमूना मोलुङ, येलुङ, सोलुङ
चाम्लिङ भाषामा समेत केही स्थाननामहरू लुङ ‘ढुङ्गा’ प्रत्यय लागेर बनेका छन् जस्तैः दिप्लुङ, किमालुङ, बामलुङ, चाचालुङ, चुमलुङ, कोक्सुलुङ, हुर्लुङ ।
लिम्बू भाषामा रहेको म्याङलङ पनि एउटा उदाहरण हो । लुगुन र अरू (२०६८)ले पनि कोइँच–सुनुवार भाषामा लुङ ‘ढुङ्गा’ प्रत्यय लागेका केही उदाहरण प्रस्तुत गरेका छन् जस्तै : मोलुङ, येलुङ, सोलुङ ।
ख) गोठ
केही किराती भाषामा गोठ प्रत्यय जोडेर बनेका स्थाननामहरू पनि छन् । खास गरी माथिल्लो भेगमा रहेका किरातीहरूले गोठ प्रत्यय प्रयोग गरेका स्थाननामहरू फेला परेका छन् । यसका लागि उनीहरूले याङ ‘गोठ’ प्रत्यय लाग्ने स्थाननामको प्रयोग गरेको देखिन्छ । म्याटिसप (२००३ : ६२०) ले चौंरीको माउ शब्द (proto-form) भनी ८याङलाई बताएका छन् । यो कुरा सही के मानेमा देखिन्छ भने उँभो लेकतिरका किरातीहरूले भेडा या चौंरीसमेत पाल्ने गर्दछन् । उनहरूले चौंरीगोठका रूपमा यी शब्दहरू प्रयोग गर्दै ल्याएको अनुमान गर्न सकिन्छ । जबकि औल या वेंशीतिरका किरातीहरूमा भने यस प्रकारको प्रत्यय लागेका स्थाननामहरू पाइँदैनन् ।
toponymes-table-6
खालिङमा भाषामा क) न्यागियाङ : न्यागी ‘नागी’ + याङ ‘गोठ’ ख) ख्याप्चियाङ : ख्याप्चि ‘पैसा’ +याङ ‘गोठ’ आदि याङ प्रत्यय लागेर आएका शब्दहरू छन् भने कोयी भाषामा क) बोय : बो ‘बँदेल’ + य ‘गोठ या ठाउँ’– बँदेलहरू पाइने ठाउँ ख) नागाय : नाग ‘नाग या सर्प’+य को गोठ या ठाउँ ग) रियाङ ‘रि’ + याङ ‘गोठ’ । तर अन्य किराती भाषामा रहे नरहेको भन्ने कुराको निक्र्यौल थप आँकडाको जरूरी देखिन्छ ।
घ) शिर या चुचुरो
म्याटिसप (२००३ : ६२०) ले शीर या चुचुरोलाई माउ शब्द (proto-form) का रुपमा ८तो पुर्नसंरचना गरेका छन् । उच्चारण स्थानका आधारमा हेर्ने हो भने त र च ध्वनी नजिक मानिन्छन् । प्रायः जसो किराती भाषमा शीर या चुचुरो बुझाउनका लागि चाङ – चोङ – जोङआएका हुन्छन् । नेपालभाषामा पनि चो ‘चुचुरो’ स्थाननाममा प्रत्ययका रुपमा आएको देखिन्छ (मल्ल, २०१५ : २३८) । उदाहरणका लागि हेरौं, थेंचो, आर्धाचो, मिम्दीचो, पाँहान्चो, लुम्बान्चो खाँरिचो आदि । किराती भाषाका लागि तलको तालिका र उदाहरण हेरौं :
toponymes-table-7
किराती भाषामा पनि शीर या चुचुरो बुझाउने शब्दका लागि चोङ – जोङ  जस्ता प्रत्यय लागेर आएका थुप्रै शब्दहरु छन् । उदाहरण लागिक) सिलिचुङ – सिलिचोँ ख) तुवाचुङ ग) रावाचुङ घ) तायजुङ आदिलाई हेर्न सकिन्छ ।
ग) फेँद वा रूख
केही किरात भाषामा फेँद या रूख भन्ने शब्दकालागि टाङ – राङ जस्ता प्रत्यय लागेका शब्दहरू प्रयोगमा आएको पाइन्छ । विशेषगरी बान्तवा र दुङमालीमा यी प्रत्यय लागेर बनेका स्थाननामहरू भेटिन्छन् । अन्य किराती भाषाको हकमा भने अझ अगाडि अध्ययनलाई बढाउनु पर्ने हुन्छ ।
toponymes-table-8
दुङमालीले क) मार्टाङ : मार् ‘एक प्रकारको रूख’ + टाङ ‘फेंद’ जसको अर्थ ‘एक प्रकारको रूखको फेँदको ठाउँ’ ख) अम्वर्टाङ : अम्बर ‘एक प्रकारको रूख’ +टाङ ‘फेँद’ जसको अर्थ ‘एक प्रकारको रूखको फेँदको ठाउँ’ । ग) वाइक्वुटाङ –‘वेतको रूख’ + टाङ ‘फेँद’ जसको अर्थ बेतघारी भएको ठाउँ ।
बान्तवामा राङ ‘बोट वा फेँद’ लागेका प्रत्ययहरू छन् जसलाई यी उदाहरणमा हेर्न सकिन्छ :
क) खाक्चिराङ : खाक्चिङ ‘टिमुर’ + राङ ‘बोट’–टिमुरको बोट ।
ख) खैराङ : खैसी ‘ओखर’+ राङ ‘बोट’– ओखरको बोट भएको ठाउँ ।
ग) खुवाङराङ – खोङतराङ : खुकै ‘एक प्रकारको मुत्दुमी रूख’ + ला ‘घारी’–खुकै रूखको घारी भएको ठाउँ ।
घ) खोङतराङ – खुवाङ्राङ : खुवाङ ‘मलता’ + रा ‘रूख’– मलताको रूख ।
ङ) छोङ्कुराङ : छोङ्कु ‘सिमल’ + राङ ‘रूख’ – सिमलको रूख भएको ठाउँ,
च) डुकीराङ : डुकी ‘एक प्रकारको विरूवा’ + राङ ‘बोट’–एक प्रकारको विरूवाको बोट भएको,
छ) डाक्बुराङ : डाक्बुङ ‘गुराँस’ + राङ ‘रूख’ –गराँसे,
ज) बाहुराङ : बाहु ‘ढुङ्ग्रे बाँस’ + राङ ‘रूख’ – ढुङ्ग्रेबाँसको फेँद भएको ठाउँ,
झ) खाक्चिराङ : खाक्चि ‘टिमुर’+ राङ ‘रूख’ = पहिले टिमुरको रूख बढी मात्रामा पाईने भएकोले यस ठाउँको नाम वान्तावा भाषामा खाक्चिराङ रहन गएको हो ।
ञ) वाकाराङ : वाका ‘दुदेलो’ + राङ ‘रूख’– दुदलोको रूख धेरै मात्रामा पाईने हुनाले वान्तावा भाषामा वाकाराङ नाम रहन गयो ।
ट) सोवाराङ : सेवा ‘स्याउ जस्तै फल’+राङ ‘रूख’ स्याउको रूखजस्तै एकप्रकारको रूखलाई सेवाराङ भनिन्छ ।
ठ) लाक्तुराङ : लाक्तु ‘दार’ + राङ ‘रूख’= दारको रूख बढी पाइने ठाउँ भएकोले लाक्तुराङ नाम रहन गएको हो ।
साम्पाङले क) सिमलध : सिमल ‘सिमलको रूख’ + ध ‘फेंद’–सिमलको फेँद वा सिमलको फेँदकै नामबाट स्थाननाम रहन गएको, ख)बरध : बर ‘एक प्रकारको रूख’ + ध ‘फेंद’–एक प्रकारको रूखको फेँद वा सिमलको फेँदकै नामबाट स्थाननाम रहन गएको ।
ङ) घारी
केही किराती भाषामा ला – ‘घारी’ शब्द प्रत्यय लागेर पनि स्थाननाम बनेका छन् । बान्तवा, चाम्लिङ र दुङमाली भाषामा देख्न सकिन्छ जसलाई तल उदाहरणमा समेत प्रस्तुत गरिएको छ ।
toponymes-table-10
बान्तवाले ला – ‘घारी’ लागेका प्रत्ययहरू
क) खक्खान्ला : खक्खान ‘चिराइतो’ + ला ‘घारी’ –चिराइतो घारी ।
ख) खुकैला : खुकै ‘एक प्रकारको मुत्दुमी रूख’ + ला ‘घारी’ – खुकै रूखको घारी भएको ठाउँ ।
ग) डाङ्माकला : डाङमाङ ‘बनकेरा’ + ला ‘घारी’–बनकेराको घारी ।
घ) दङ्ला : दङ ‘निगालो’ + ला ‘घारी’ – निगालो घारी ।
ङ) दिसङ्ला – ढिसङ्ला : ढि ‘ठूलो’ + सङ्ला ‘वन’–ठूलो ठाउँ ।
च) पिततुम्ला : पित ‘गाइ’ + तुम्ला ‘भेटहुने’–गाईबस्तु भेट हुने ठाउँ ।
छ) साम्बाला : साम्बा ‘बाँस’ + ला ‘घारी’–बाँसको घारी ।
ज) रोहम्ला : रोहम् ‘भोभोतेको रूख’ + ला ‘घारी’– भोभोतेको घारी भएको ठाउँ ।
झ) भामला : भाम ‘बाँझो’ + ला ‘घारी’–बाँझै भएको र झार आदिले खाएको ठाउँ ।
ञ) हर्दिला : हर्दि ‘बेसार’ + ला ‘घारी’ – बेसारको घारी भएको ठाउँ ।
ट) पेक्ला – पेलेक्ला : पेलेक ‘खस्रु’ + ला ‘घारी’ –खस्रुहरूको घारी ।
ठ) हाङकाङ्ला : हाङकाङ ‘घोडाखरी’+ला ‘घारी’ –घोडाखरीको घारी भएको ठाउँ ।
४. जलनाम
किराती भाषामा रहेका केही जलनामहरू रहेका छन् जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ।
क) पानी वा खोला
म्याटिसप (२००३ : ६२०) ले ढुङ्गाको माउ शब्द (proto-form) लाई ८ती(यू)लाई बताएका छन् । तर किराती भााषामा ?(कु ञ् खु श्र आदि प्रत्ययका रुपमा आएका हुन्छन् जसले पानी या खोला आदिको अर्थ दिने गर्दछ । मल्ल (२०१५ : २३५) मा ?(खु श्र प्रत्यय लागेका केही नेपालभाषामा रहेका स्थाननामको उदाहरण छन् जसले खोलाको अर्थ दिन्छ जस्तै : टेँखुँ (पछि टेकु भएको अपभ्रंश भएर), लामाखुँ, साँखुँ, जाटिखुँ, हुँदिखुँ, पिखुँ आदि ।
toponymes-table-11
दुमीले क) छेकु : छे ‘?’ + कु ‘पानी’ ख) बाछेर्कु : बाछे ‘पानीको शिर’ + कु ‘पानी’ ख) विखेर्कुः बि ‘गाइ’+ खेर्क ‘खर्क’ ठ) हल्कु : हल्कु ‘रगत चुहाएर पूज गर्ने थलो’ खालिङले क) वाकु — वा ‘पूर्खा’ + कु ‘पानी’ जसको अर्थ पुर्खाले प्रयोग गर्ने गरेको पानीको ठाउँमा भन्ने लाग्दछ, ख) लोस्कु — लोस् ‘कुल’ + कु ‘पानी’ ग) दाम्कु — दाम् ‘मरण भएपछि लाने’ + कु ‘पानी’ ? घ) सेन्कु — सेन्कु ‘मार्नु’ + कु ‘पानी’ पानी मरेको ठाउँ ङ) खालजम्कु —खालजम् ‘गाँड’ + कु ‘पानी’ पानी खाँदा गाँड आउने ठाउँ च) काकु — ‘पानी’ बान्तवामा पनि ?–होङ्कु – प्रत्यय लागेका स्थाननामहरू छन् जस्तै : क) काङ्वा होङ्कु ख) खेन्वाहोङ्कु ।
तर किराती भाषामा पानी बुझाउने शब्दका लागि वा – ‘खोला या पानी’ पनि प्रयोग हुने गरेको छ जस्तै बान्तवामा क) कावा ‘सानो वा नाघ्न सकिने प्रकारको खोला ’ ख) खावा—‘गएको बाटा वा पानी वा खोला’ ग) मखुवा—‘सुकिजाने पानी वा खोला’ घ) याङ्गुवा — ‘गुँड या ओढार भएको ठाउँ’ ङ) बङ्खुवा—‘चोर जस्तै थाहै नपाई आउने खोला’ च) पिखुवा—‘गाईलाई थाहै नदिई लैजाने खोला’ छ)लुभुवा—‘विशाल ढुङ्गा भएको खोला’ ज) छिदुवा —छेन्दुवा छेन्मु+वा छान्नु (छनौटे जग्गा) पानी पनि भएको ठाउँमा, ख) ढिलुङतावा : ढिलुङ ‘ठूलो ढुङ्गा’+तावा ‘पानी निस्कने’ – ठूलो ढुङ्गाबाट पानी निस्कने ठाउँलाई ढिलुङतवा भनिन्छ । ग) लित्चाक्वा : लित ‘पानीमा हुने जुका’+चाक्वा ‘पानी’ –पानीमा जुका पाइने ठाउँ । घ) वाबक : वा ‘पानी’+बक ‘बारी’ – बारीमै पानी पाइने अर्थात् प्रशस्त पानी पाइने ठाउँ । ङ) लुङथुङ्वा : लुङठुङ ‘जडिएको ढुङ्गा’+वा ‘पानी’–जडिएको ढुङ्गाबाट पानी निस्कने गरेको हुन्छ , क) कुन्चुक्वाः कुन्चुक ‘कालो’+वा ‘पानी’ –कालोपानी या कालापानी जस्ता स्थाननाममा प्रत्यय आएको देखिन्छ भने साम्पाङमा छामवा : छाम ‘ताप’+वा ‘पानी’–ताप खोला । ख) नक्तीवा : नक्ती ‘ढुङ्ग्री’ +वा ‘पानी’–ढुङ्ग्री खोला आदि आएको देखिन्छ । त्यसैगरी चाम्लिङमा पपनि वा ‘पानी’ प्रत्यय लागेका रावा, तावा, सावा, पिखुवा, अखुवा, डिकुवा, इर्खुवा, चिर्खुवा, लुङ्खुवा, मकुवा, मखुवा, मजुवा, छेवा, बेगवा, बाम्दुवा, बाखुवा, दरूवा, दिनुवा, कदुवा ।
केही किराती भाषामा?–बुङ पनि प्रत्यय लागेका हुन्छन् । क) बुङ प्रत्यय लागेका शब्द खिरिबुङ—सिरिबुङ ‘छिन्ताङ’ ओखिबुङ—खोकु मानीबुङ–दिवावुङ —आँखिसल्ला ख) सा जग्गा वा थलो प्रत्यय लागेका ठाउँहरू एक्कुसा —चुङवाङ कमिसा — खोकु ।
५. अपभ्रंसित तथा हिन्दूकृत गरिएका स्थाननाम
किरात क्षेत्रमा रहेका स्थाननामहरूको दुई तरिकाले अपभ्रंश भएको पाइन्छ । पहिलो हो ध्वनी परिवर्तनसँगै अनर्थ शब्दको निर्माण र हिज्जमा परिवर्तन । यस प्रकारका अपभ्रंश गैर भाषी या गैर किरातहरूले गरेको देखिन्छ । गैर किरातहरूले प्रशासनिक प्रयोगका क्रममा अपभ्रंश गरिदिएका छन् । दोस्रो हो किराती भाषाका स्थाननामलाई हिन्दूकृत गरिएका स्थाननामहरू पनि प्रशस्तै रहेका छन् :
toponymes-table-12
७. वैठान
स्थाननाम toponyme को सर्जक जनता जनार्दन हुन् । तर भाषिक अतिक्रमण या साम्राज्यवादी नीति अपनाएर स्थाननाम toponyme मा आफू अनुकूल बनाउने गरेका कैयन् उदाहरण छन् । कुनै बेलाको लाम्दिजा बाक्सिला (बाघको सिला पाइएको अर्थमा प्रयोग हुन थालेको) भएको, खोटाङको दुर्छिममा रहेको रावाचुङलाई कोटडाँडा भन्न थालिएको, खोटाङकै दिनुवालाई समग्रमा पछि भण्डारीडाँडा बनाइएका प्रसस्त उदाहरणहरू छन् ।
त्यस्तै हालको खोटाङ जिल्लाको बाहुनीडाँडा गाविसमा वाम्बुले राईजातिको सघन बस्ती छ । तर पनि त्यहीँ ठाउँमा सानो संख्यामा रहेको ब्राम्हण जातिको नाममा नै गाविसको नामाङ्करण गरिएको देखिन्छ । वाचीपालालाई चिसापानी गाविस, ओक्पारीतुङलाई मोवाबोटे, दाक्मिलुङलाई जन्तेढुँगा हुङ्मालाई देविस्थान गाविस रिब्दुङलाई महेश्वरी र जलेश्वरी, ससर्कालाई जाल्पा, जरंखालाई सप्तेश्वर बनाईएका छन् । कुलुङ भाषामा रहेको सोलुखुम्बुको फुस्तेल र खेत्तो क्रमशः शिवटार र जरायोटार भैसकेका छन् ।
लिम्बु भाषामा रहेको तेह्रथुमको सदरमुकाम मियङलुङ अर्थात् बिराले ढुङ्गे अहिले अर्थ न बर्थले म्याङलुङको रूपमा अपभ्रंश भएको छ । त्यस्तै लिम्बु भाषामा नै रहेको तक्निवा भनिने स्थानका नाम पछि राणा शासकका तालुकदारले तिब्बतसँग ब्यापार गर्दा ओलाङचुङगोला जाने आउने गर्दा एक दिन हात्ति लडेर मरेपछि हात्तिलेङे भन्न थालिएको पाइन्छ ।
यसले के को दृष्टान्त दिन्छ भने साना–साना प्रशासनिक इकाईहरूलाई पनि हिन्दूकृत गर्दै लगिएको छ जुन ज्वलन्त अतिक्रमण र नाङ्गो हस्तक्षेप हो ।

martes, 5 de abril de 2016

सर्ब‍-जातीय नेपाल -

सर्ब‍-जातीय नेपाल -

नेपालमा धेरै समस्याहरू छन् जस्तो लागेता पनि बिशेष गरेर जातीय दमन र असमानतालाई तुरून्त नियन्त्रण गर्ने हो भने बाँकी समस्याहरू घट्छन् तर थपिन्दैनन्। नेपालमा सबैले आ-आफ्नो हिसाबले बुझेका आ-आफ्ना तर्कहरू हुन सक्दछन् तर अबको दिनमा नेपालमा हुने कुनै पनि बिकराल धन-जनको क्षतीबाट बच्न र सबैलाई बचाउँनको लागि एउटा सबैभन्दा उत्तम, सजिलो, प्रभावकारी र बैज्ञानिक बिधी चाँहि सर्ब-जातीय बिधी नै हुनु पर्दछ।

आजसम्म हामी सबैले स्वीकारेको अथवा सबैले खुलेर मान्न पर्ने तथ्य के हो भने नेपाली समाजको बनावट बहु-जातीय, बहु-भाषीक, बहु-भेषीक, बहु-साँस्कृतीक अथवा बहु-धार्मीक छ अनि नेपाली समाजको त्यस्तो बहु-आयामीक बनावट को बिपरीत त्यहि बहु-आयामीक समाजहरू मिलेर बनेको देशको राज्य प्रणालीको बनावट चाँहि सधैँ एकलकाँटे वा एकात्मक साम्प्रदायीक हुनु अनौठो र नेपाली समाजले सधैँ चाहेको शान्तिको प्रतिकूल छ। त्यहाँ केहि निश्चित जातीका ब्यक्तिहरू मात्रै सधैँ बिभिन्न बहानामा सर्ब-दलिय सहमती भन्दै पालै-पालो सधैँ त्यो सरकार वा सत्ताको हरेक कित्तामा रहेर रात-दिन घुस, भ्रष्टाचार र बदमासीहरू गरिरहेका छन् र त्यहि जातीका नबुझ्ने अधिकाँश पिडीत जमातहरू समेत चुपचाप हेरिरहेका छन्।

त्यहाँ प्राय: सबै वा धेरै राजनैतिक दलहरूमा केहि जाती वा थरका ब्यक्तिहरू मात्रै पुस्तौनी आजीवन ठूला नेता रहने ब्यबस्था मिलाइएको छ र सबै दलहरू मिलेर सभा, सदन र सरकार निर्माण गर्दा पनि त्यहाँ सधैँ त्यहि एकात्मक साम्प्रदायीक सभा, सदन र सरकार नै निर्माण नै हुने गर्दछ त्यसो हुँदा अहिले चर्को रूपमा उठेका मूख्य जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) दमन र असमानताहरू ती कुनै पनि सभा, सदन र सरकारले कहिले कहिल्यै पनि समाधान गर्न सक्दैनन्।

त्यो सर्ब-दलिय सहमतीको साम्प्रदायीक नाटकलाई रोक्न अब यो "सर्ब-जातीय बिधी" को बिकल्प छैन। यो "सर्ब-जातीय बिधी" भनेको के हो अथवा कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर दिनुको सट्टा त्यसको स्वरूपलाई प्रष्ट पार्न सकियो भने उत्तम हुन सक्दछ।

"सर्ब‍-जातीय बिधी"को स्वरूप:

यसको स्वरूप लाई कुनै लामो परिच्छेद मा ब्याख्या गर्नु भन्दा पनि बुँदागत हिसाबले प्रस्तुत गर्दा बढि बुझ्न सजिलो हुनु पर्दछ।

(१) सर्ब-जातीय बिधीले नेपालमा उठेका बिधमान सबै समस्याहरूलाई अत्यन्त सजिलो, प्रभावकारी र बैज्ञानिक ढँगबाट समाधान गर्दछ।

(२) सर्ब-जातीय संबिधान सभा हुँदै त्यहाँ सर्ब-जातीय सदन र सरकारहरू पनि निर्माण हुने छन्।

(३) सर्ब-जातीय बिधीमा प्रत्येक वा सबै जातीय संघहरू राष्ट वा राज्यको सबै सभा, सदन र सरकारमा सधैँ सहभागी रहन्छन्।

(४) सबै जातीय समूहले आ-आफ्नो जन-घनत्वको आधारमा समानुपातिक सँख्यामा प्रतिनिधीहरू छानेर पठाउँछन् तर सबैभन्दा थोरै जनसँख्या भएका जातीय संघहरूले पनि कम्तिमा १ जना प्रतिनिधी चाँहि पठाउन पाउँछन्।

(५) कुनै पनि जाती त्यहाँ हिन्दु बर्णाश्रमको त्यो ४ जात अनुसार सानो र वा ठूलो मानिने छैनन्, प्रत्येक जातीका प्रत्येक प्रतिनिधीहरू एकापसमा र अर्को जातीका प्रतिनिधीहरसँग समान रहने छन्।

(६) प्रत्येक प्रतिनिधीहरू आ-आफ्नै जातीय संघहरूबाट छानिएर आउने हुनाले कुनै जातीय संघभित्र कुनै पनि किसीमको आन्तरीक धाँधली वा बिबाद परेमा त्यहाँ आम चुनावमा जस्तो कुनै पनि ठूला समस्याहरू देखा पर्दैनन्।

(७) राष्टपति र प्रधान मन्त्री जस्ता मूख्य ओहोदाहरूको लागि चाँहि तिनै प्रतिनिधीहरूभित्रबाट छानिएका उम्मेदवारहरूलाई पुन: सम्पूर्ण देशबासीहरूको ठूलो वा आम चुनावको मतदान गर्न पनि सकिन्छ।

(८) अपराधीहरू बाहेक कुनै पनि सदस्यहरू आफ्नो जातीय संघभित्र उम्मेदवार भएर छानिएर त्यो राष्टिय सभा हुँदै, सदन र सरकारमा पुग्दछन् तर प्रत्येक जातीय समूहभित्र हार्ने उम्मेदवारहरू चाँहि त्यो सभा, सदन र सरकारको बिकल्प वा प्रतिपक्षमा रहन सक्दछन्।

(९) अहिलेको जस्तो त्यो समानुपातिकको कोटा वा निहुँमा कुनै पनि नेताले आफ्नो ब्यक्तिगत अथवा आफ्नो पार्टीको स्वार्थ अनुकूल कुनै पनि अर्को कमजोर जातीका ब्यक्तिलाई टिपेर साँ‍क्षीको रूपमा त्यहाँ उभ्याउन अथवा सामेल अथवा उपस्थिती गराउन पाउदैनन् र अहिलेको जसरी चुनावमा आफैले पराजीत हुँदा पनि फेरी त्यहि समानुपातिकको कोटामा आफैलाई राखेर बिजयी गराउँन कसैले कहिल्यै पनि सक्दैनन्।

(१०) यो सर्ब-जातीय बिधीले नेपालको त्यो जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) असमानता र समस्याहरूलाई सधैँको लागि पूर्णत: हल वा अत्यन्त न्यून गर्दछ।

(११) यो सर्ब-जातीय बिधी नेपाली सामाजीक-राजनैतिक इतिहासमा एउटा त्यस्तो क्रान्ति साबित हुने छ कि जहाँ सबैभन्दा अल्पसँख्यक र सधैँ सबै तरिकाले पेलिएका चमार, पोडे जस्ता कुनै पनि दलित जातीय समुदायहरूलाई एकैचोटी सधैँ सधैँको लागि त्यो सत्ताको हिस्सेदार बनाउँदछ।

(१२) सबै मूख्य सभा, सदन र सरकारहरूमा सबै जातीका प्रतिनिधीहरू सधैँ रहिरहने हुनाले त्यहाँ अहिलेको जस्तो कुनै पनि जातीको एकलौटी नहुँदा त्यहाँ कुनै पनि एकाध जातीका प्रतिनिधीहरूले घुस वा भ्रष्टचार वा कुनै पनि बदमासी कहिले कहिल्यै पनि गर्नै सक्दैनन्।

(१३) नेपालमा जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) दमन र असमानताले श्रृजना गरेको बिधमान जातीय द्वन्द्व सधैँ सधैको लागि समाप्त भएपछि नेपाली समाज शान्त भएर एकोहोरो गरिबी, रोजगार, स्वास्थ र शिक्षा जस्ता मूलभूत बिषयहरूमा ध्यान-केन्द्रित हुने छ।

(१४) सर्ब-जातीय संबिधान सभा हुँदा मात्र त्यहाँ अहिले कडा रूपमा उठेका पहिचान र संघीयताका सबै सवालहरू अत्यन्त सजिलोसँग सम्बोधीत हुनेछन्।

(१५) जन-सँख्या वा जन-घनत्वको आधारमा जम्मा भएको त्यो सर्ब-जातीय सभा वा सरकारले गर्ने सबै निर्णयहरू सबैको लागि अत्यन्त सार्थक र बैज्ञानिक पनि हुने छन्।

(१६) कुनै पनि राजनैतिक पार्टीमा केहि जाती वा थरका केहि ब्यक्तिहरू मात्रै सधैँ सर्बेसर्बा हुने गरी आजीवन रहँदैनन् र आफ्नो ब्यक्तिगत वा पार्टीगत स्वार्थ अनुकूल कमजोर जातीय समुदायहरू मध्ये केहि जातीका ब्यक्तिहरू टिपेर केहि नास्ता वा भोजन सहित उपस्थित वा साँची राख्दा उनीहरू मक्ख पर्ने चलन पनि सधैँ सधैँको लागि समाप्त हुने छ।

(१७) सबै जातीको सबै भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत दमन र असमानताहरू सधैँ त्यहि सभा, सदन र सरकारबाट समाधान वा सम्बोधीत हुने भएकोले ती बिषयहरूमा अनेक माग राखेर सधै सडक जुलुस वा कसैलाई कहिले कहिल्यै पनि बिन्ति-पत्र बुझाइ रहनु पर्दैन।

(१८) यो सर्ब-जातीय बिधी धेरै नेताहरूलाई पनि नयाँ अथवा अनौठो लागेता पनि यो बिधी बुझ्न, बुझाउन र कार्यन्वयन गर्न गराउन समेत पनि कसैलाई गाह्रो पर्दैन।

(१९) यो सजिलो र छिटो हुन्छ, हरेक बिबादित बिषयहरूलाई छलफल, आपसी समझदारी अथवा त्यो सभा, सदन र सरकारभित्र मतदान गरेर पनि किनारा लाउन सकिन्छ।

(२०) अहिले उठिरहेको सबै आन्दोलनहरूलाई यो बिधी प्राप्तिको लक्ष्यतिर केन्द्रित गरेर जतिसक्दो चाँडो सबै वा अधिकाँश जातीय संघका तन्दुरूस्त कार्य-समितीहरूको भेलाले यसलाई अनुमोदन गराउन सकियो भने बाँकी जातीय सँस्थाहरूलाई पनि यसमा आबद्ध गरेर नेपालमा सबैभन्दा सहज, प्रभावकारी र बैज्ञानीक यो "सर्ब-जातीय बिधी" लागू गर्न सकिन्छ र त्यसले मात्रै नेपालको जातीय द्वन्द्वलाई युद्धको रूपमा परिणत हुन रोक्दछ।
Show less
2 photos