बाइबलमा निषेध गरिएको १० कुरा जुन मानिसले गर्न कुनै संकोच मान्दैनन्
385
27 412
बोनिस कोेईराला
बाइबल ईसाई धर्मको धार्मिक ग्रन्थ हुनको साथै सर्वाधिक पढिने किताब पनि हो। विश्वभरीका ईसाईहरुले यो किताबमा लेखिएका हरेक बुँदाहरुलाई आफ्नो जिवनमा नैतिकता र विश्वासको बाटो देखाउने मार्गदर्शकको रुपमा लिन्छन्। तर बाइबलमा कुनै यस्ता बुँदाहरु पनि छन् जसको पालना आजको आधुनिक संसारमा उपयुक्त छैन।
संसारमा बाइबलका विभिन्न संस्करणहरु पाइन्छन्। बाइबलको उपशीर्ष अनुसार बाइबललाई लेभिटिकस (leviticus), कोरिनथियन्स (corinthians), प्रोभर्ब्स (proverbs) जस्तो धेरै किताबहरुमा बिभाजन गरिएको छ। बाइबललाई धेरै पटक संशोधन र सम्पादन गरिएको छ, जसको कारण बाइबलका धेरै किताबहरु बनेको हो। बाइबलका सबै किताबहरुको संस्करण अवलोकन गर्दा यिनीहरुमा केहि बुँदाहरु यस्तो पनि हुन सक्छन् जुन एकआपससँग जुध्न सक्छन्। तर सबै बाइबलको मुख्य पाठ भने एउटै रहेको छ।
५ बिलियन भन्दा बढि बिक्री भइसकेको बाइबल संसारकै सबैभन्दा सर्वाधिक बिक्रि हुने पुस्तकमा पर्छ। यि किताब वार्षिक करिब १०० मिलियन प्रति बिक्री हुने गर्छ। पश्चिमी देश जस्तै अमरिका, फ्रान्स, बेलायतमा साहित्य र ईतिहासमा बाइबलको ठुलो प्रभाव रहेको छ।
समयसंगै बाइबलमा भनिएका केही उपदेशहरु भने कथा भइसकेको छ। समय अनुसार मिलाउन बाइबलको संसोधन गरिदै आएको भएपनि कतिपय यस्ता बुँदाहरु भने अझै बाइबलमा छन्। पुराना बाइबलमा भएका केही बुँदाहरु भने केही प्रकाशकले संसोधन गरि प्रकाशित गरेको पनि पाइन्छ। केही त्यस्ता विवादित बुँदाहरुले निकै अप्ठ्यारो स्थिति पनि पैदा गरेको बताइने गरेको छ। केही पुराना अनि केही नयाँ बाइबलका संस्करणमा निशेष गरिएका १० कुरा यस्ता छन्।
लेविटिकस(Leviticus) ३:१७ भन्छ, “कुनै पनि व्यक्ति र उसको सन्तानहरुलाई यो नियम सधैँ लागु हुनेछ। यस धर्तिमा रहेसम्म बोसो र रगतको सेवन उसले गर्ने छैन”
मासु खानेहरु मध्ये बोसो खानु कुनै नौलो कुरा हैन। तर मासु नखानेहरुले पनि जानि नजानि बोसो सेवन गरिरहेका हुन्छन्। डेरि उत्पादन जस्तै दुध, दहि सबैले खान्छन्। यि उत्पादनहरुमा केहि मात्रामा बोसो(fats) पनि रहेको हुन्छ।
२. धोका दिने जिवनसाथीलाई छोड्न पाईन्न

अर्थात तपाईँको जिवनसाथीले जसतोसुकै धोका वा अत्याचार दिए पनि सबै सहेर आफ्नो विहेको मान राख्न पर्छ। तर सबैभन्दा बढी पारपाचुके गर्ने पश्चिमी देशहरुमा भने क्रिस्चियनको बाहुल्यता बढी रहेको छ।
३. कपाल र दाह्रीका छेऊ भाग छाट्न हुन्न
यसको मतलब काट्ने नै हो भने कि त पुरै काट्नु पर्छ कि त पुरै छोड्न पर्छ। आजकालको जस्तो कपालको छेउमा काटेर बिभिन्न शैलीमा परिणत गर्नु वा दाह्रीलाई पनि छाटेर ‘गोटी'(goatee) अथवा जुँगा मात्र राख्ने काम बाबलले निशेध गरेको छ। हो।
४. शनिबार काम गर्न हुन्न

हुनपनि यो कुरा साँचो नै हो। मानसिक र शारीरिक हिसाबले पनि मानिसले हप्ताको एक दिन बिदा लिनै पर्छ। काम नभएका हरुलाई यो खुसिको खबर हुन सक्छ तर एक दिन पनि बिदा नलिनेहरु यस अनुसार पक्कै नर्कमा पुग्नेछन्।
५. मानिसले केवल एक किसिमको कपडामात्र प्रयोग गर्नुपर्नेछ

लेभिटिकस १९:१९ भन्छ ” मेरो नियम पालन हुनेछ। कुनै मानिसले एकैसाथ दुई वा बढि प्रकारको जनावरको गोठ राख्ने छैन, एउटै जमिनमा दुई वा बढि प्रकारको बीउ रोप्ने छैन, एकै शरिरमा दुई वा बढि कपडाको प्रकार लगाउने छैन”
आजको संसारमा फेशनलाई निकै महत्त्वपुर्ण रुपमा लिईन्छ। यहि फेशनको कारण शरिरमा लगाउने लुगा एक भन्दा बढी प्रकारको हुन जान्छ।
६. बिहे अगाडि यौन कार्य गर्नु हुन्न

७. समलिंगी हुनुहुन्न

क्रिस्चियनको बाहुल्याता रहेको देश अमेरिकाले केहि महिना अघि समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ। बाइबलका केही पुराना संस्करणमा भने यस्तो लेखिएक छैन। पटक पटक संसोधन गर्दा केही प्रकाशकहरुले परिवर्तन गरि यस्तो बुँदा थपिदिएको बताउने पनि गरिन्छ।
८. अत्याधिक खानु पाप हो
यहाँ भनेझैँ कसैले सिधै घाँटीमा छुरि त रोप्दैनन्। तर विश्वभरीबाट हरेक वर्ष मोटोपनाले हुने विभिन्न रोगबाट मर्नेको संख्या भने धेरै छ।
९. अर्काको कुरा काट्नुहुन्न

कुरा काट्ने प्रवृति नराम्रो हो। ‘एक कान दुई कान मैदान’ भनेझैँ एउटै कुरा फैलिँदै गइ फरक फरक रुपमा बिभिन्न मानिसको कानमा पुग्न सक्छ। कुनै कुरा मानिसको निकै व्यक्तिगत पनि हुन सक्छ। यहि कारण कसैको बारेमा केहि कुरा राम्रो लागेन भने उसको अगाडि नै गएर उसलाई भन्नुपर्छ। अरुको अगाडी गएर कुरा काट्नु कदापि राम्रो होइन।
१०. शरिरमा ट्याटु बनाउनुहुन्न

संगितमा समर्पण भएर होस वा कसैको सम्झनामा होस, शरिरमा ट्याटु बनाएर चित्र कोर्ने प्रथा आजकाल निकै चलिरहेको छ। मेटेर जान्छ भने ठिक छ तर सधैको लागी रहिरहने ट्याटु राख्नु बाइबलको अनुसार पाप हो।
No hay comentarios:
Publicar un comentario