lunes, 25 de enero de 2016

कसरी जन्मिए शिव

 22 
  0  23
हिन्दु शास्त्र अनुसार शिवलाई संहारकर्ता भनिन्छ, ब्रह्मा सृष्टीकर्ता अनि विष्णु पालनकर्ता। शिवको तीन नेत्र छ, शरीर भरि खरानी धसेका, घाँटीमा सर्प अनि बस्नको लागि बाघको छाला। शिवलाई उनको रिसको कारणले पनि जानिन्छ। तपाईलाई थाहा छ शिवको जन्म कसरी भयो?
शिवको जन्मको पछाडी निकै रोचक कथा छ।
three eyed shivaएक दिन ब्रह्मा र विष्णु एकअर्कामा को शक्तिशाली भन्दै विवाद गर्दै थिए। त्यस्तैमा एउटा प्रज्वलित स्तम्भ प्रकट भयो। सजिव त्यो स्तम्भको जरा र हाँगा कहासम्म फैलिएको थाहा पाउन मुस्किल थियो। ब्रह्मा र विष्णु निकै उत्सुक हुँदै त्यो स्तम्भको जरा र हाँगा कहाँसम्म फैलिएको छ भनि खोज्न निस्किए। तत्कालै ब्रह्मा हाँसको रुप लिएर उड्दै उक्त स्तम्भको टुप्पो खोज्न निस्किए अनि विष्णु जमिन खोतल्न थाले रुप परिवर्तन गरेर।
Shiva bisnu and bramhaनिकै समयसम्म खोज्दा पनि न त टुप्पो नै फेला पर्यो न त त्यसको जरा नै। निकै लखतरान भएर ब्रह्मा र विष्णु पुनः पहिलेकै ठाँउमा फर्के। त्यस पश्चात शिव उक्त स्तम्भबाट प्रकट भए। अनि ब्रह्मा र विष्णुले चाल पाए कि ब्रह्माण्डमा अर्को तेस्रो ठुलो शक्ति पनि छ।
शिवको जीवनशैली
शिव साधारण देवता हैनन। निकै शक्तिशाली देवता भएकै कारण उनको भुमिका धेरै छ। संहारकर्ता भएकाले उनको रुप निकै डरलाग्दा पनि छन्। बरदान दिने सन्दर्भमा निकै उदार पनि छन् शिव। उनी आफ्नो समयको अधिकतम समय हिमालय क्षेत्रमा ध्यान गरेर बिताउँछन्।
ताण्डव नृत्य
shiva dance
शिवको नाच, ताण्डव नृत्य निकै प्रख्यात छ हिन्दु शास्त्रहरुमा। ताण्वड नृत्य सत्य र उपेक्षाको टकराव हो। यो नृत्यले शिवभक्तहरुबाट दुखः पार गराउँछ भन्ने विश्वास गरिन्छ।
संहारकर्ता नै रक्षक
shiva drinking poision
समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष पिएर शिवले संसार बचाएको कुरा धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ। विष पिए लगतै शिवको गला निलो भएको थियो। त्यसपछि उनको नाम निलकण्ठ पनि रहन गएको थियो।
shiva - gangaशिवले संसारलाई गरेका अर्को महत्वपुर्ण कार्यमा गंगालाई आफ्नो बसमा पार्नु पनि एक थियो। पहिले गंगा स्वर्गमा मात्र बग्दथिइन्, पृथ्वी सुख्खा अनि बाँझो थियो। एक सन्तले गंगाको धार परिवर्तन गर्न प्रयत्न गरे। यसको बदलामा गंगाले ठुला ठुला छालले झन् उपद्रो मच्चाउने डर भयो। तर त्यसैबखत शिव स्वर्ग र पृथ्वीको बिचमा आए अनि गंगालाई आफ्नो नियन्त्रणमा लिए। त्यसपश्चात गंगाको बहाव शिवले नियन्त्रण गरे। अनि पृथ्वीमा पनि गंगाजल बग्न थाल्यो।
यो पनि पढ्नुहोस्।
सोमबार शिवको ब्रत किन बसिन्छ?

No hay comentarios:

Publicar un comentario