आधुनिक युगको लागि बुद्ध का ९ सन्देश
60
0 60
आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ? छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, सुखै सुखमा बाँच्न पाउने मौकालाई त्यागेर उनले दुःखको पहिचान गर्न दरबार छाडे। कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस गरे।

अन्ततः यो संसारको रिती र थितीलाई बुझ्नको लागि, यो संसारको दुःख र पीडालाई चेतनामार्फत जरै देखि उखेल्नको लागि सिद्धार्थले ध्यान गरे, बुद्धत्व प्राप्त गरे, आफ्ना चेलाहरूलाई जीवनको अर्थ सिकाए र बुद्ध बने। धर्म के हो, कर्म के हो, मृत्यु के हो भन्ने बारे चेतना फैलाए। तर आजभोली ती सबै पाठहरू रूढ हुँदै आइसकेका छन्, आधुनिकताले शान्ति र अशान्तिको अर्थ उल्ट्याइदिएको छ। शान्तिको ढोङ्ग ओढेर बसेका पुजारीहरू आज आफ्नो कर्तव्यबाट धेरै टाढा पुगिसकेका छन्। अधिकारको नाममा तेरो र मेरो गर्ने गर्छन्, लोभ र लालसा नगर्नु भन्ने बुद्धका चेलाहरू आज “बुद्ध नेपालमा जन्मेका हुन्!” भन्दै नारा लगाउँछन्।
हामी मानिस हौँ, हामीले हाम्रो जीवनको सुरुवात देखि नै केहि नयाँ र नौलो कुराहरू सिक्दै आइरहेका हुन्छौँ। हरेक पाइलामा हामीले केहि कुरा सिकिरहेका हुन्छौँ। त्यसैले आधुनिकताको बाहनामा आफ्नो कर्तव्यबोध बिर्सेका आजभोलीका मानिसहरूले पनि वुद्धको जीवनबाट केहि पाठ सिक्नु जरुरी हुन्छ।
१. केही नयाँ सोँच लिनुहोस्

२. आफ्नो स्तरलाई परिवर्तन गर्नुहोस्

३. सक्नुहुन्छ भने यात्रा गर्नुहोस्

४. परीक्षणको शक्तिलाई बुझ्नुहोस्

५. योग्य र अयोग्यमा फरक छुट्याउनुहोस्

६. सद्भाव

७. धैर्य गर्नुहोस्

८. क्षमा गर्न सिक्नुहोस्

९. यो संसारको अस्थायी प्रकृतिलाई बुझ्नुहोस्

सिक्ने कुराहरू सिक्दै जानुपर्छ, तर आफ्नो बाटो आफै हिँड्नुपर्छ, अरूबाट त प्रेरणा लिने हो किनकी तपाईँको जीवनको अर्थलाई तपाईँले नै अर्थपूर्ण बनाउनुपर्ने हुन्छ। जीवनको पथमा हिँड्दा धेरै बाधाहरू आउन सक्छन्, पर्खालहरू आउन सक्छन्, तर हामीले हार खानुहुँदैन। अशान्ति, रिस, राग, क्रोध, मोह अनि लोभ भनेका त विकारहरू हुन्, यसको पक्षमा नलाग्दा नै शान्ति, माया, सद्भाव, सम्मान र सुखलाई चिन्न सकिन्छ। बुद्धका भनाइ पढ्न बुझ्नलाई होइन, जीवनमा लागु गर्न तयार हुनुपर्छ।
No hay comentarios:
Publicar un comentario