lunes, 25 de enero de 2016

वरदान पाई कृष्णकै हातबाट एकलव्यको मृत्यु

 630 
  14  645
महाभारतको कथामा एकलव्यको प्रसंग निकै रोचक छ। एकलव्यसंग जोडिएको कथा मध्ये, धनुष चलाउने हातको बुढीऔला गुरु दक्षिणाको नाममा द्रोणाचार्यलाई समर्पित गरेको कथाको प्रसंग सबैभन्दा चर्चित छ।
दोर्णाचार्यले अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने प्रण गरेका थिए। अर्जुन सहित दरबारका अन्य बालकहरुलाई शिक्षा दिइरहेका दोर्णाचार्यले वनमा उनको मुर्ति स्थापना गरेर धनुष चलाइरहेका एकलव्य देख्छन्। निजिकै पुग्दा एकलव्यले गुरु भनी प्रणाम गर्छन। द्रोणाचार्यले शिक्षा नै नदिइ गुरु कसरी भएँ भनी प्रश्न गर्छन्।ekalavya arjun
लुकेर पाण्डवलाई दिएको शिक्षा आफुले पनि अनुशरण गरेको, मुर्ति बनाइ गुरु स्थापना गरेको र धनुषविद्या सोही मुर्तिलाई पुज्दै सिकेको एकलव्यले बताएपनि द्रोणाचार्य केही चिन्तित बन्छन्। अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने उनको प्रणको अगाडी एकलव्यको धनुषकलाले चुनौती दिदै थियो। यदि आफुबाट कुनै शिक्षा लिएको हो भने सो शिक्षा ‘गुरु दक्षिणा’ बिना पुरा हुदैन भन्दै द्रोणचार्यले एकलव्यसंग गुरु दक्षिणा मागे। ekalavya
एलकव्यले आफ्नो बुताले दिनसक्ने दिन्छु भनेपछि द्रोणचार्यले धनुष हान्न प्रयोग गर्ने दाहिते हातको बुढी औला गुरु दक्षिणाको नाममा मागे। बुढी औला नभएपछि एकलव्यको धनुषकला पहिले झै हुन्नथ्यो जसबाट अर्जुनको एक दमदार प्रतिस्पर्धी कम भई दोर्णाचार्य आफ्नो प्रण पुरा गर्न सक्थे। अर्जुनलाई ठुलो धनुषधारी बनाउने आफ्नै प्रणको बचाउ गर्न दोर्णचार्यले एकलव्यको दाहित हातको बुढी औला काटे।Dronacharya ekalavya
एकलव्यको मृत्युको घटना पनि रोचक छ। एकलव्यको मृत्यु कृष्णको हातबाट भएको थियो।
अर्जुनसंग धनुषविद्याम टक्कर दिन सक्ने एकलव्यको गुरु भक्ति आफ्नै बुढी औला काटेको घटनाले नै पुष्टी गर्छ। वासुदेवका भाइ देवश्रभाको छोरा थिए एकलव्य। यसरी नातामा कृष्णको भाइ पर्ने एकलव्यको जीवनको उद्धेश्य एउटै थियो, अर्जुन भन्दा शक्तिशाली धनुषधारी बन्ने। निकै घमण्डी बनिसकेका एकलव्य पाडण्व अनि यादव कुलको लागि भविष्यमा ठुलो बाधाक शक्ति बन्नेवाला थिए। हस्तिनापुरको भविष्यमा आफ्नो शक्तिले निकै प्रभाव पार्न सक्ने गरि एकलव्यको धनुष विधा निखारिदै थियो।lord krishna
एकलव्य जरासन्धका ठुलो समर्थक थिए। यता जरासन्ध कृष्णको पुर्खौली दुश्मन मानिन्थे। जसका कारण एकलव्य भाइ हुँदाहँदै पनि कृष्णका दुश्मन बन्न पुगे।
एकलव्यले कृष्णलाई भेटेर युद्धको चुनौती दिए। चुनौती स्वीकार गरेर दुवै एक आपसमा युद्ध गर्दा कृष्णको जित भयो, घमण्ड संगै एकलव्य कृष्णको हातबाट मारिए।
कृष्णले एकलव्यलाई दिएको बरदान
द्रोर्ण-पर्वको दिन कृष्णले जरासन्ध, शिशुपाल र एकलव्य जस्ता व्यक्तिहरु कौरवतर्फ लागेर धर्म र विधिलाई विगार्ने र ती व्यक्तिहरुको मृत्यु रोक्न नहुने बताएका थिए। साथै कृष्णले एकलव्यलाइ मृत्युको समयमा वरदान दिएको विश्वास गरिन्छ। यो भनिन्छ कि तीनै एकलव्य धृष्टद्युम्न भइ जन्मेर दोर्णचार्यलाई मारेका थिए।
यो पनि पढ्नुहोस्।

No hay comentarios:

Publicar un comentario